१४ साउन २०८०, सारासन्देश– समाचार सामाजिक संजालमा अनैतिक हर्कत गरिएको भिडियो सार्वजनिक भएसँगै दमक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बस्नेत क्वाटरको धमाधम रंगरोगन गर्न थालिएको छ । नगरपालिकाले उपलब्ध गराएको क्वार्टरमै अनैतिक गतिविधि गर्ने दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाले प्रमाण नष्ट गर्न कोठाको रंगरोगन सुरु गरेका हुन् ।
घटना बाहिरिएपछि छानविन हुने डरले निरौलाले प्रमाण नष्ट गर्नका लागि क्वार्टरस्थित बेडरुमको रंग परिवर्तन गरेको हुन सक्ने भएकाले यसलाई तत्काल रोक्नु पर्ने स्थानीय राजनैतिक दलले कुरा उठाउन थालेका छन् ।
विहान ९ बजे तिर सारासन्देश टिम सहित कोठामा पुग्दा धमाधम दुईजनाले रंगरोगन गरिरहेका थिए । पहिले लगाएको हरियो निलो रंगमाथि पहेंलो रंग लगाएको रंग लगाउनेले बताएका छन् । घटनाको बारे दमक नगरपालिकाका प्रमुख राम थापाले यसबारे आफूलाई केही पनि थाहा नभएको बताउनु भएको छ । थापाले भिडियो रेकर्ड बोल्न नमाने पनि आफूलाई केही थाहा नभएको भन्दै गैरजिम्मेवारी ढंगबाट पछिन खोजे पछि घटनाबारे जानकारी लिन गएका पत्रकार समेत फर्किएका छन् । तर त्यहाँका अन्य कर्मचारीले भने रंगरोगन लाउन नहुने र यो कसको निर्देशनमा लगाइयो भन्ने कुरा थाहा नभएको बताएका छन् ।

सार्वजनिक भएको भिडियोमा प्रमुख प्रशासकीय अधिकृतले एक महिलासँग मदिरा सेवन गर्दै अनैतिक क्रियाकलाप गरेको भिडियोमा देखिन्छ । महिलाले भिडियो टिकटकमार्फत लाइभ गरेकी थिइन । मदिराले लठ्ठ भएका निरौलाले लाइभमै अनैतिक गतिविधि गरेको देख्न सकिन्छ । भिडियो देखिएको कोठा दमक नगरपालिकाले उपलब्ध गराएको निरौलाको सरकारी क्वार्टर हो । क्वार्टरबाटै अश्लील हर्कत बाहिरिएपछि निरौलाको विरोध सुरु भएको छ ।

निरौलाले भने क्वार्टरमा नभई उक्त गतिविधि काठमाडौंको एक होटलमा गरेको दाबी गर्दै आएका छन् । कार्यालयको समय भइसक्दा समेत उनको उपस्थित भएको भएको छैन । अन्य कर्मचारीलाई बुझ्दा निरौला यतैकतै दमक तिरै भएको भन्ने सुनिएको छ ।
यसबारेमा दमक नगरपालिकाका नगरप्रमुख रामकुमार थापाले यस विषयमा आफूलाई धेरै बोल्न नलगाउन भन्दै पन्छिए । मेयर थापाले कुरै नसुनी फोन काटेर सम्पर्क गर्न खोजेनन् । दमक नगरपालिकाका प्रवक्ता धर्मप्रसाद दाहालले क्वार्टरमा रंगरोगन गर्दै गरेको हल्ला सुन्नमा आएको र यसबारेमा सत्य तथ्य छानविन गरेर दोषि देखिए कारबाही गरिने बताए । दमक नगरपालिकाले यसअघि प्रमुख प्रशासकीय अधिकृतको क्वार्टरमा रंगरोगन गर्ने कुनै पनि निर्णय नगरेको प्रवक्ता दाहालले जानकारी दिनु भएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *