व्राउन सुगर बेचविखन गर्दै गर्दा दम्पति सहित ३ जना पक्राउ

१५ साउन २०८०, झापा– प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दमकबाट तीनजना पक्राउ परेका छन् । आइतवार दिउँसो २ बजेको समयमा दमक नगरपालिका वडा नं. ५ नारायण गोपाल टोलमा गौरादह नगरपालिका वडा नं.५ घर भई हाल दमक नगरपालिका ५ मा डेरा गरी बस्ने २७ वर्षिय सरोज सुब्बा र उनकी श्रीमती ३२ वर्षिया मिना राईको कोठामा ब्राउनसुगर बिक्री बितरण भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरूलाइ पक्राउ गरिएकाे छ । उनीहरूकाे साथबाट ८ ग्राम ब्राउनसुगर समेत फेला परेको छ ।
उनीहरुसंगै रहेका कमल गाउँपालिका वडा नं. ४ बस्ने ३५ वर्षिय सुमन श्रेष्ठसहित तीनै जनालाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । झापामा पछिल्लाे समय सरदर दिनमा एक जना लागु औषादसम्बन्धी मुद्धामा पर्ने गरेकाे प्रहरीकाे भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post प्रमाण नष्ट गर्नका लागि धमाधम दमक नगरकाे क्वार्टरमा रंगरोगन गरिँदैः मेयर थापा भन्छन् मलाई थाहा छैन
Next post अव झापाका किसान आफैले वास्नादार चामाल विक्री गर्नेः यो बर्ष वास्नाधार धान रोप्ने किसान समेत बढे(फाेटाे फिचर)