अव झापाका किसान आफैले वास्नादार चामाल विक्री गर्नेः यो बर्ष वास्नाधार धान रोप्ने किसान समेत बढे(फाेटाे फिचर)

१५ साउन २०८०/डिकेश लामा

खासगरी भारतबाट आयात हुँदै आएको वास्नादार चामाल अव झापाका किसान आफैले विक्री गर्ने भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको अनुदानमा मिल मोडल कार्याक्रम मार्फत वास्नादार धान रोपेर चामाल समेत विक्री गर्न मिल संचालनको तयारी गरिए पछि आमागी दिनमा बास्नादार चामाल विक्री गर्ने गरी खेती र मिल तयारी गरिएको छ । मिल मोडल कार्याक्रमका लागि मेचिनगर नगरपालिका वडा नं. ७ मा रहेको मेचि कृषक बहुमुखी सहकारी संस्थाले यो बर्ष सवै भन्दा धेरै वास्नादार धानको रोपाईं गरेको छ । धान रोप्ने किसानले सहकारीमा धान विक्री गरेर अव स्वदेशमै वास्नादार चामाल उत्पादन गर्न ५० प्रतिशत अनुदानमा ३० लाखको मिल संचालन थालिएको संस्थाका व्यवस्थापक दिपक काफ्लेले बताउनु भयो । काफ्लेका अनुसार आफूहरुले यस अघि नै थालेको मिललाई परिवर्तन गरी नयाँ प्रविधिबाट अनुदान रकमबाट मिल मोडल कार्याक्रम संचालन गरिएको हो । यस बर्ष सहकारीमा आवद्ध किसानले समेत अधिक मात्रमा वास्नादार मसिनो धान रोपेकाले आगामी दिनमा उपभोक्ताका मागको आधारमा गुणस्तरीय स्वदेशी वास्नादार विक्री गरिने बताउनु भयो ।


हरेक बर्ष नेपालमा चामालको आयात घट्ने भन्दा बढ्दोक्रममा रहेको छ । उपभोक्ताले रुचाउने प्रजातिको धान उत्पादन हुन नसक्दा धेरै विदेशबाट चामाल आयात हुने गरेको छ । विदेशी आयातलाई विस्तारै प्रतिष्थापन गर्न झापामा यस वर्ष देखि मिल मोडल कार्याक्रम संचालन गर्न थालिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान सुपरजोनका वरिष्ठ बाली अधिकृत रविन्द्र सुवेदीले बताउनु भयो । सुवेदीका अनुसार भारतबाट आयतित चामाल र रन्जित धानको रोपाईं विस्थापित गर्ने तरिकाका कार्याक्रमहरु संचालन गरिएको उहाँले बताउनु भयो ।

नेपालमा गएको आर्थिक बर्षमा ३५ अर्व बढी मुल्यको धान र चामाल आयात भएको भन्सार विभागको तथ्याङक रहेको छ । त्यसमा पनि नेपालीले वास्नादार र गुणस्तर चामालको माग अधिक गर्न थाले पछि स्वदेशी उत्पादनलाई जोड दिन थालिएको खेतीसँगै धान प्रशोधनमा जुटेका किसानहरुको भनाइ छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post व्राउन सुगर बेचविखन गर्दै गर्दा दम्पति सहित ३ जना पक्राउ
Next post काेशी प्रदेशकाे मुख्य मन्त्री पुन थापा नियुक्तः विश्वासकाे मत पाउन संभव हाेला त ?