ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकालाई थप सात दिन हिरासतमा राखेर अध्ययन गर्न अनुमति

२४ साउन २०८०, काठमाडौँ– बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको प्रकरणमा पक्राउ परेका २० जनालाई थप सात दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति प्राप्त भएको छ ।

जिल्ला अदालत काठमाडौँले बुधबार उनीहरुलाई थप एक साता हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) लाई अनुमति दिएको हो । सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा सिआइबीले सरकारी कागजात कीर्ते र सङ्गठित अपराधमा निजहरूमाथि अनुसन्धान गरिरहेको छ ।

सो प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहसहितका २० जना व्यक्ति सिआइबीको हिरासतमा रहेका छन् । यता सरकारमा रहेकाे माअाेवादी केन्द्र पार्टीका जिम्मेवार नेताले जसरी भए पनि भ्रष्टचारमा मुछिएकाहरूलाइ कानुनी कार्वाही गरेरै छाढ्ने बताउँदै अाएका छन् । बुधबार झापाकाे कमल गाउँपालिका अायाेजित पार्टी भेटघाट कार्यक्रममा मन्त्रि सुदन किराँतीले अाफ्नै पार्टीका सदस्य मुछिए भने पन कार्वाही गररै छाड्ने बताउनु भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post २९ औं विश्व आदिवासी दिवशः आफ्नो अधिकारका लागि सवै आदिवासी एक हुन आग्रह (फाेटाे फिचर)
Next post दमक नगरले वितरण गर्यो निशुल्क चश्मा