तीन जिल्लाकाे सिमानामा भएकाे त्रिवेणी कप २०८० को उपाधी इष्ट स्टारको पोल्टामा (फाेटाे फिचर)

७ भदौ २०८०/बालदिवश तामाङ
ग्रामिण खेलको विकास गर्ने उदेश्यले आयोजना गरिएको प्रथम त्रिवेणी कप २०८० को उपाधी इष्ट स्टार स्पोर्टिङ क्लव मधुमल्लाले हात पारेको छ । कोशी प्रदेशका ८ वटा फुटवल क्लवबीच प्रतिष्पर्धा गरिएको फुटवल खेल प्रतियोगिताको फाइनल खेलमा व्रदरर्श यूनाटेड क्लव उर्लाबारीलाई ट्राइवे्रकरमा हराउँदै इष्ट स्टारले विजय हात पारेको हो ।


मोरङ्ग, इलाम र झापाको सिमानामा रहेको दमक–३ ओमशान्ति चौकको खेल मैदानमा भएको खेलमा निर्धारित समयमा १/१ गोलको बराबरीमा रहे पछि खेलको नतिजा ट्राइव्रेकरबाट गरिएको थियो । ट्राइव्रेकरमा ४ गोलको विरुद्ध ५ गोल गर्दै इष्ट स्टारले विजय प्राप्त गरेको हो । राष्ट्रिय स्तरका ए डिभिजनका खेलाडी समेतको सहभागिता रहेको खेलमा निर्धारित समयमा व्रदर्श यूनाइटेडका जर्सी नं. ९ बाट खेल्नु भएका खेलाडी रोहन कार्कीले पहिलो गोल गरेका थिए । यस्तै हाफ पछिको खेलमा इष्ट स्टारका खेलाडी जंग खड्काले गोल गरी बराबरी नतिजामा खेल सकिएको थियो ।


फाइनल खेलको समापन कार्याक्रममा दमक नगर प्रमुख राम थापाले प्रथम र द्वितीय हुने टिमलाई पुरस्कार तथा ट्रफी प्रदान गर्नु भएको छ । आयोजक त्रिवेणी क्लवका अध्यक्ष पारस कार्कीले प्रथम र द्वितीय हुनेलाई नगद ५० हजार र ३० हजार प्रदान गर्नु भएको छ । खेलमा उत्कृष्ट ८ जना खेलाडी टप स्कोरर आदित्य तामाङ, वेष्ट डिफेन्डर जंग खड्का, वेष्ट किपर युवराज तामाङ, वेष्ट मिड फिल्डर सुरेश साम्पाङ राई, वेष्ट फरवार्ड मिलन राई, वेष्ट कोच अनिल खड्गी, प्लेयर अफ द टुर्नामेन्ट रोह कार्की र उदयीमान खेलाडीमा रिजन राईले नगद सहित ट्रफी प्राप्त गरेको आयोजक त्रिवेणी क्लवका सचिव विरेन्द्र सुब्बाले जानकारी दिनु भयो ।

इलाम, मोरङ र झापाको सिमानामा पर्ने ओमशान्ति खेलमैदानमा पहिलो पटक विभिन् राष्ट्रिय टिमका ए डिभिजन खेलाडीको सहभागितमा खेल भएको दमक वडा नं. ३ का अध्यक्ष नविन बरालले बताउनु भयो ।
समापन कार्याक्रमका प्रमुख अतिथि नगर प्रमुख थापाले यस्ता गाऊँघरमा समेत यो स्तरको खेलको आयोजना गर्ने कार्य निक्कै चुनौति रहेको र राम्रो खेल खेलाउन एकजुट भएका युवाहरुलाई नगरको तर्फबाट समेत सहयोग गर्ने बताउनु भयो । कार्यक्रममा सहयाेग गर्ने देश विदेशका सामाजिक अगुवा तथा सहयाेगी २ दर्जन बढी दाताहरूलाइ सम्मान तथा कदर पत्रले सम्मान समेत गरिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post गिरीबन्धु टिस्ट‍ेट जग्गा प्रकरणमा पनि छानबिन गर्न सांसदकाे मागः यस अघि ठूलाे रकम लेनदेन भएकाे सांसदकाे आरोप
Next post झापाकाे गिरीबन्धु टि स्टेटमा वैधानिक तरिकाले काम गरेको छु, कमिशनको प्रलोभन छैनः ओली