झापाकाे गिरीबन्धु टि स्टेटमा वैधानिक तरिकाले काम गरेको छु, कमिशनको प्रलोभन छैनः ओली

९ भदौ २०८०/डिकेश लामा
पछिल्लो समय चर्चाको विषयमा रहेको झापाको गिरीबन्धु टिस्टेटको जग्गा आफूले वैधानिक तरिकाले काम गरेको पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले पार्टीका अध्यक्ष केपी शर्मा ओलीले बताउनु भएको छ । झापाको दमकमा शनिबार भएको अगुवा पार्टी कार्यकर्ताको भेलामा बोल्दै अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा २०७८ साल वैशाख १३ गते मन्त्रीषदको वैठकबाट वातावरण मुल्याङकन गरेर सटाभर्ना सम्बन्धी कानुन बनाएर नै चिया बगान व्यवस्थित गर्ने कार्य आफूले गरेको बताउनु भयो ।
उहाँले त्यस अघि ऐन कानुन विना ७० विगाह दिए जस्तो सुटुक्क हौइन । पैसा लिएर हौइन । त्यसमा कमिशन लिन चाहेको भए पाइने भए पनि आफूले कमिशन नलिएको दावी गर्नु भयो । उहाँले भन्नु भयो, ‘के म गिरी बन्धुको भाइ भतिजा हो, त्यसैले मैंले उहाँहरुलाई कानुन बनाइ दिए । पहिलेको जस्तो ७० विगाह दिए जस्तो सुटुक्क हौइन, अलिकती दुईचार करोड कमिशन दिए जस्तो हौइन । त्यसमा कमिशन खाने भए कमिशन पाइन्थ्यो होला । देश चलाउँछु भन्ने मान्छेलाई कमिशन खान्छु भन्न लाज लाग्दैन । म काँग्रेश हो, म माओवादी हो कमिशन खानालाई ।’ उहाँले दावी गर्नु भयो ।
यस्तै उहाँले आफूलाई पशुपतिको मन्दिरको जलहरीमा भ्रष्टचार भयो भन्ने खोज्नेहरुले नै सुन तस्करी समेत गर्दै आएको बताउनु भयो । उहाँले अहिले त सिग्रेटमा सुन, ब्रेक सुमा सुन जुतमा सुन सवै तिर सुन नै सुन तस्करी हुने गरेको बताउनु भयो ।


झापा तथा कोशी प्रदेशका एमाले पार्टीका पूर्व मन्त्री तथा अगुवा नेताबीच गरिएको कार्यक्रममा एमालले पार्टीले दुरदृष्टिको आधारमा जनतालाई समृद्ध बनाउने तिर लागेको र यसलाई रोक्न विदेशीहरुको इशारामा चल्नेहरुले खेल खेलेको समेत दावी गर्नु भयो । उहाँले कम्यूनिष्टहरुलाई फुटाउने र विदेश इशारामा काम गर्ने चलन नेपालमा पार्टी उदय हुँदा देखि नै भएको बताउनु भयो । उहाँले सच्चा देशभक्ती आन्दोलन र राजनैतिक इतिहासको शुरुवात झापाबाट भएकाले अव पनि त्यस तर्फ केन्द्रित हुन कार्यकर्तालाई आव्हान गर्नु भयो ।
लामो समय जेल जिवन विताएर खाली खुट्टा देशका लडेकाले आफूलाई देशको समृद्धि बाहेक अरु कुनै स्वार्थ नरहेको बताउनु भयो । उहाँले राजतन्त्र हटे पछि एमाले पार्टीको सरकार हुँदा देशमा विकासको लहर समेत चलेको बताउनु भयो । उहाँले दमकको भ्यूटावर कुकुरले प्राकृतिक दृष्य हेर्न लगाउँदा भूँई तिर हरेको जस्तै हो । उहाँले भन्नु भयो, ‘यो दुरदृष्टिको योजना हो । जव यो संचालन हुन थाल्छ नि अनि विरोध गर्नेहरुले यसको महत्व बुझ्नेछन् ।’
यस्तै उहाँले नेपालको राजनैतिक इतिहास देखि नै काँग्रेश पार्टी भारतको इशारामा चल्ने भएकाले यसले राष्ट्रिय हितमा कहिले पनि काम हुन नदिने समेत दावी गर्नु भयो ।

ओलीलाई कालो झण्डा


पहिचानबादी राजनैतिक दलहरुले शनिबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्याक्रमलाई लक्षित गरी विरोध प्रदर्शन गरेका छन् । दमकमा हुने अगुवा पार्टी कार्याकर्ताको भेलामा सम्बोधन गर्न आउने क्रममा पहिचानवादी दलका कार्याकर्ताले कालो झण्डा प्रदर्शन गरेका छन् । दमकको रोयल पार्टी प्यालेसमा प्रवेश गर्ने बाटोमा पर्दशन गरे पछि सुरक्षाका लागि ठूलो संख्या प्रहरी परिचालन गरिएको थियो ।


तर आफूलाई कालो झण्डा लिएर बाटो छेकेको थाह भएपछि ओलीले वैकल्पिक मार्गको प्रयोग गरेर हल भित्र प्रवेश गर्नु भएको थियो । विरोध कार्याक्रममा पहिचान पक्षधरका अगुवा नेता पाण्डवलाल चौधरीले कोशी प्रदेशको नामकरण नसच्याएसम्म आफूहरु शान्तिपूर्ण तरिकाले आन्दोलन गरिरहने उहाँले बताउनु भयो । तर पछिल्लो समय शान्तिपूर्ण आन्दोलनमा घुसपैठ भई ढुङ्गा प्रहार समेत हुन थालेकाले त्यस्ता कार्य रोक्न स्वयम् आफूहरु समेत सचेत रहेको बताउनु भयो ।


यता कार्याक्रममा सम्बोधन गर्दै नेकपा एमाले पार्टीका अध्यक्ष ओलीले कोशी प्रदेश सवैको साझा नामको भएको बताउनु भयो । उहाँले यो नाम राख्न कसरत गर्ने आफ्ना कार्याकर्तालाई धन्यवाद समेत दिनु भयो । उहाँले कोशी नाम प्रदेशक एकमा सवैलाई समेट्ने नाम भएको र यो अव परिवर्तन गर्न आवश्यक समेत नरहेको जिकिर गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post तीन जिल्लाकाे सिमानामा भएकाे त्रिवेणी कप २०८० को उपाधी इष्ट स्टारको पोल्टामा (फाेटाे फिचर)
Next post न्यायाधीश नियुक्तिमा ढिलाइ नहुने मन्त्री गुरूङकाे भनाइः सुशासन स्थापना गर्ने मुख्य लक्ष्य