झापाका यूवाहरूले स्वदेशमै अलैंचीका विभिन्न परिकार उत्पादन गरी बजारिकरण गर्दै (फाेटाे फिचर)

१० भदौ २०८०/डिकेश लामा

सरकारले समेत सहयोग गरे पछि नेपालमै पहिलो पटक झापामा अलैंचीको गुणस्तरीय प्रशोधन उद्योग संचालनमा आएको छ । उद्योग संचालन पछि अलैंचीको स्वदेशमै खपत बढाउन प्याकेजिङ तथा विभिन्न परिकारहरु उत्पादन गर्न थालिएको छ ।

नेपालमा उत्पादन हुने अलैंचीको मुल्य बजार तेस्रो मुलुक नै हो । तर झापाका केही यूवाहरुले स्वदेशमै यसको बजार निर्माण गर्न थालेका छन् । अलैंची सहितको ग्रीन टी, माउथ फ्रेसनर, पाउडर, मसला लगायतका परिकार बनाएर बजारिकरण थालेको एभरेष्ट कारडमम इण्डष्ट्रिजका व्यवस्थापक अमरेन्द्रकुमार कर्णले बताउनु भयो । कर्णका अनुसार उत्पादन भएको अलैंचीको परिकारहरु नेपालका विभिन्न भागमा विक्री हुँदै आएको छ ।गएको आर्थिक बर्षमा ८ अर्व २४ करोड मुल्यको अलैंची भारत लगायतका मुलुकमा निर्यात भएको छ । तर विदेशी बजारको आधारमा मुल्य निर्धारण हुने हुँदा अलैंचीको मुल्यमा भारी मात्रमा थपघट हुने गरेको छ । स्वदेशमै बजारीकरण गर्ने ध्येयले आर्थिक बर्ष २०७९/०८० मा ५० लाख रुपयाँ अनुदान उपलव्ध गराइएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताउनु भयो । उपलव्ध गराइएको अनुदानले भवन र तेल उत्पादन गर्ने, प्याकेजिङ्ग गर्ने लगायतका मेशिन खरिद गरी संचालन गर्न थालिएको छ ।

पछिल्लो समय नेपालमा ४५ वटा जिल्लामा अलैंची खेती हुन थालेको छ । तर ती सवै क्षेत्रका अलैंची झापाको विर्तामोडमा संकलन हुने गरेको छ । नेपालबाट निर्यात भएको अलैंची भारतले आफ्नो ब्राण्ड बनाएर विश्व बजारमा विक्री गर्दै आएको छ । तर अव आफ्नै देशमा व्राण्डिङ गरेर विक्री गर्ने कार्य थालिएको नेपाल अलैंची व्यवसायी संघका अध्यक्ष निर्मल भट्टराईले बताउनु भयोे । भट्टराईका अनुसार देशभर उत्पादन भएको अलैंचीको विक्री र निर्यात केन्द्रको रुपमा विर्तामोड भएकाले आफूहरुले अलैंचीका विभिन्न परिकारहरु बनाउन थालेको बताउनु भयो ।

नेपाल सरकारले अनुदान उपलव्ध गराए पछि नेपालमै पहिलो पटक अलैंचीका विभिन्न परिकारहरु उत्पादन गर्न थालिएको छ । नेपाली ब्राण्डबाटै विश्व बजारमा पुर्याउन सके अलैंचीले देश भित्र अर्वौं रुपयाँ भित्राउन सकिने यूवा व्यवसायीहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post न्यायाधीश नियुक्तिमा ढिलाइ नहुने मन्त्री गुरूङकाे भनाइः सुशासन स्थापना गर्ने मुख्य लक्ष्य
Next post विदेश जाने विधार्थीका लागि दमकमा निशुल्क विषेश परामर्श कक्षा