भ्यूटावर संचालनमा छैन स्थानीय सरकारको चासोः कतै खण्डहर त बन्ने होइन भन्ने स्थानीयमा चिन्ता (फाेटाे फिचर)

१७ भदौ २०८०/डिकेश लामा

नेपालकै नमूनाको रुपमा निर्माणको अन्तिम चरणमा पुगेको भ्यूटावर संचालनबारे सरकारले हालसम्म कुनै पनि चासो दिएको छैन । व्यापारिक केन्द्र सहितको १८ तले भ्यूटावरको प्रयोग गर्ने कुनै नीति तथा कार्ययोजना नहुँदा प्रयोगविहिन होला कि भन्ने चिन्ता स्थानीय बासिन्दाले गर्न थालेका छन् । स्थानीय बासिन्दा पूर्व दमक वडा नं. ३ का सदस्य शुकदेव लुईंटेलका अनुसार स्थानीय समूदाय जागरुक नभए ठूलो लगानी गरेर बनाइएको भ्यूटावर संचालन र सौन्द्धर्यीकरण गर्ने विषयमा कार्ययोजना नबनाए यसको कुनै अर्थ नरहने बताउनु भयो । यसका लागि सामाजिक अगुवा, स्थानीय सरकारले चासो दिए भ्यूटावारले दमकको भविष्य फेर्ने बताउनु भयो ।

१ अर्व ५६ करोड बजेटमा ४ बर्ष अघि झापाको दमकमा निर्माण थालिएको १८ तले भ्यूटावर निर्माण सम्पन्नको तयारीमा पुगेको छ । तर सरकारले यति ठूलो रकम खर्च गरेर बनाइएको टावर कसरी संचालन गर्ने भन्ने विषयमा चासो नदिँदा कतै प्रयोगविहिन पो हुने हो कि भन्ने चिन्ता बढेको स्थानीय अगुवा महेन्द्र अधिकारीले बताउनु भयो । अधिकारीका अनुसार दमक नगरपालिकाको नव निर्वाचित दमक प्रमुख रामकुमार थापाको नेतृत्वको सरकारले हालसम्म भ्यूटावरबारे बुझ्न नआएको बताउनु भयो ।


संघीय सरकारको बजेटमा निर्माण भएको टावर स्थानीय सरकारले संचालन गर्ने नीति तथा कार्याक्रम बनाउनु पर्ने हो । तर चालु आर्थिक बर्षमा कुनै पनि कार्याक्रम नसमेटिएको सामाजिक अगुवा ठाकुरप्रसाद लुईटेलले बताउनु भयो । लुईंटेलका अनुसार यस अघि सारिएको शहरीकरणका लागि ल्याण्ड पुलिङ समेत स्थानीय सरकारले रोके पछि थप समस्या भएको बताउनु भयो । १ सय मिटर अग्लो भ्यूटावरको अन्तिम फर्निसिङ्ग र सुरक्षा सिस्टमको कार्य निर्माण हुँदैछ । सरकारले समयमै निर्माणबापत बजेट उपलव्ध गराए अवको केही महिनामा काम सकिने निर्माण कम्पनि जेसीजिआईइसी, आसीस र ओम साइराम जेभीका मेनेजर सर्जल विराडीले बताउनु भयो । विडारीका अनुसार कम्पनिलाई आएको जानकारी अनुसार चालु आर्थिक बर्षका लागि सरकारले ८ करोड मात्र बजेट छुट्याइएको छ । तर अव थप हुने ६ महिनामा काम सक्न १५ देखि २० करोडसम्मको बजेट आवश्यक पर्ने बताउनु भयो ।

राष्ट्रिय गौरबको आयोजनाको रुपमा हेरिएको झापाको दमकमा निर्माण गरिएको लगानीको दृष्टिकोणले नेपालको दोस्रो ठूलो टावार हो । तर उचाई र प्रविधिको दृष्टिकोणमा नेपालको पहिलो हो । ५ विगाह जमिनको घेरा भित्र बनाइएको यति ठूलो संरचनाको प्रयोग गर्ने विषयमा वेलैमा ध्यान नपुर्याए राज्यको करोडौं लगानी प्रयोगविहीन बन्ने स्थानीय बासिन्दाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post यस बर्ष अलैंचीको मुल्य उच्च बृद्धि
Next post भुटानी नेता पौडेलले माग्नु भयो जीवनको सुरक्षाः अधिकारीको अपरिपक्व अभिव्यक्तिले ल्यायो भुटानीमा तरङ्ग (भिडिया सहित)