१० दिनमा भेटियाे वेवत्ता डा. काेइरालाकाे लाश

१९ भदाै २०८०, झापा– झापाकाे दमक १ का डा. प्रज्वल कोइराला वेपत्ता भएकाे १० दिनमा मृत अवस्थामा फेला परेका छन् ।  सुनसरी जिल्लाकाे काे बराहक्षेत्र नगरपालिका वडा नं. २ काे काेशीकाे भंगालाे छुटेर टापु बनेकाे क्षेत्रमा माछा मार्ने मान्छेले लाख देखेर प्रहरीलाइ खवर गरे पछि गएर हेर्दा डा. काेइरालाकाे फाेटाेसँग मिल्दाे जुल्दाे भएकाे विपद व्यवस्थापनमा समेत कार्य गर्दै आउनु भएका सुरक्षा वेश चतराका इन्चार्ज शसस्त्र प्रहरी निरीक्षक देवेन्द्र राेक्काले जानकारी दिनु भयाे । राेक्काका अनुसार साढे ४ बजे तिर खबर आए पछि विपद व्यवस्थापनमा खटिने टाेली लगेर लाश ल्याउँदा ६ बजेकाे थियाे । लाश धरानकाे बीपी मेमाेरियल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पाेष्टमार्टमका लागि पठाइएकाे छ । डा. काेइराला अघिल्लाे आइतवार बेलुकी ड्युटी सकेर हिड्नु भएकाे थियाे । वेपत्ता भएकाे भाेलि पल्ट भदाै ११ गते भने उहाँकाे सवारी साधन चतराको पुलपारी  विहान फेला परेको थियो ।

गाडी राखेकाे क्षेत्रमा लगाइएकाे सिसि क्यामेरा फुटेजमा उहाँ चतराको पुलमा यता उता गरेको र खोलामा टहलाएको देखिन्छ । आफ्नो मोवायल, जुत्ता उहाँले गाडी र पुलमा नै छाडेका थिए । प्रहरी श्रोतका अनुसार अन्तिम समयमा उहाँका प्रेमी भनिएकी एक युवतीसंग कुराकानी भएको देखिन्छ । ती युवतीसंग बयान लिँदा दूईजनाबीच प्रेम भएको समेत पाईएको छ ।

मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा जनरल सर्जनको रुपमा कार्यरत ३२ बर्षीय डा. काइरालाले दमकको लाइफलाइन अस्पतालमा ३ बर्षभन्दा लामाे समय काम गर्नु भएकाे  थियाे ।सीसिफुटेज, मोवाइल कल डिटेल्स र ति युवतीसँगको बयान समेतलाई आधार मान्दा डा. कोइरालाले कसैसँगको प्रेम सम्बन्ध सफल हुन नसक्ने अवस्था महसुस गरेर कोशीमा हाम्फालेर आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएकाे थियाे । तर फेला परकाे लाश कसकाे हाे भन्ने विषयमा आफन्तलाइ पहिचानका लागि खबर गरिएकाे थियाे । यता मृतकका बुवा दिवाकर काेइराला सहित दमक नगरपालिका वडा नं. १ का अध्यक्ष हरिप्रसाद न्याैपाने सहित जानु भएकाे टाेली पहिचान गर्दा भेटिएकाे लाश डा. काेइरालाकै भएकाे अध्यक्ष न्याैपानेले बताउनु भयाे । लाश भाेलि घर ल्याउने तयारी गरेकाे बताइएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post दमक उपप्रमुख खुल्ला महिला कपकाे शुरूवातीमा खोटाङ्ग र भाेजपुर विजयी
Next post दमक उपमेयर महिला भलिवल कपमा सभापोखरी र खोटाङ्गबीच फाइनको भिडन्त हुने