दमक उपप्रमुख खुल्ला महिला कपकाे शुरूवातीमा खोटाङ्ग र भाेजपुर विजयी

१९ भदौ २०८०/झापा
दमकमा मंगलबार देखि शुरु भएको प्रथम उप–मेयर खुल्ला महिला भलिवल प्रतियोगिता २०८० शुरु भएको छ । गर्मीका कारण विहान र वेलुका साँझमा गरिएको प्रतियोगिताको पहिलो उद्घाटन खेलमा खोटाङ भलिवल क्लव र भाेजपुर टीम विजयी बनेका छन् ।
खोटाङले हिमचुली दमकलाई हराउँदै सेमिफाइनलको सिट सुरक्षित गरेको छ । यस्तै दमक भलिवल प्रशिक्षण केन्द्रललाइ हराउँदै भोजपुरलाई विजयी बनेको छ । दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईंले खेलको उद्घाटन गर्दै अव महिलाहरुले समेत विश्व किर्तीमान राख्ने गरी खेलमा उत्साहका साथ सहभागी हुन खेलाडीलाई आग्रह गर्नु भएको छ ।


कोशी प्रदेश भलिवल संघको प्राविधिक सहयोग र दमक नगर पालिकाको आयोजनामा भएको खेलमा प्रदेशका मुख्य ५ वटा भलिवल टीम विच भएको प्रतिष्पर्धा हुँदैछ । खेलमा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमश ५१, ३१ र १५ हजार नगद, ट्रफि, मेडल प्राप्त गर्ने दमक भलिवल प्रशिक्षण केन्द्रका सचिव राजु श्रेष्ठले बताउनु भयो । भाेलि सभापाेखरी संखुवासभा र खाेटाङ तथा हिमचुली र सभापाेखरीबीच लिग चरणकाे खेल हुने छ । खेलकाे उद्घाटनमा लाेक नृत्य तथा स्काउटकाे सलामी समेत प्रर्दशन गरिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post भुटानी नेता पौडेलले माग्नु भयो जीवनको सुरक्षाः अधिकारीको अपरिपक्व अभिव्यक्तिले ल्यायो भुटानीमा तरङ्ग (भिडिया सहित)
Next post १० दिनमा भेटियाे वेवत्ता डा. काेइरालाकाे लाश