२१ भदौ २०८०/झापा
झापाको दमकमा जारी प्रथम उप–मेयर खुल्ला महिला भलिवल प्रतियोगिता २०८० को उपाधी सभापोखरीले हात पार्न सफल भएको छ । खोटाङ्गलाई सोझो ३ सेटमा हराउँदै सभापोखरीले उपाधी प्राप्त गरेको हो ।
यस्तै दमक भलिवल प्रशिक्षण केन्द्रलाई हराउँदै भोजपुरले तेस्रो स्थान सुरक्षित गरेको छ ।


कोशी प्रदेश भलिवल संघको प्राविधिक सहयोग र दमक नगर पालिकाको आयोजनामा भएको खेलमा प्रदेशका मुख्य ५ वटा भलिवल टीमबीच लीग चरणबाट खेल भएको थियो । खेलमा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमश ५१ हजार, ३१ हजार र १५ हजार नगद, ट्रफि, मेडल दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाई र कोशी प्रदेश भलिवल संघका अध्यक्ष खेम राई, नेपाल भलिवल संघका पूर्व वरिष्ठ कोच कपिल किशोर श्रेष्ठ लगायतले प्रदान गर्नु भएको छ ।


खेलमा उत्कृष्ट हुने ८ विधाका खेलाडी तथा कोचलाई पुरस्कार र ट्रफीले सम्मान समेत गरिएको छ ।
सम्मानित हुनेमा विजयी टीमका वेष्ट सेटर कमल श्री, खेलका सर्वोत्कृष्ट खेलाडी सर्मिष्टा, वेष्ट डिफेन्स पेली, वेष्ट मिड व्लकर माप्पी, वेष्ट सर्भर भोजपुरको रोमा श्रेष्ठ, वेष्ठ स्पाइकर खोटाङ्गकी अन्जना खड्का, वेष्ट कोच सभापोखरीका सतिस चौधरी रहेकाको खेलका सहजकर्ता झापा भलिवल संघका अध्यक्ष शैलेन्द्र श्रेष्ठले बताउनु भयो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *