कोशीका मुख्यमन्त्री उद्धव थापा असंवैधानिक भएकाे भन्दै पदमुक्तःएमालेका कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेश

२१ भदाै २०८०,काठमाडौँ – सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक भएको फैसला गरेको छ । सर्वोच्चको आदेशबाट कोशी सरकारका मुख्यमन्त्री पदमुक्त भएका छन् ।

बराबरी मत भएको अवस्थामा बाहेक मत हाल्न नपाउने भनी संवैधानिक रूपमै तटस्थ भूमिका निर्वाह गर्नुपर्ने व्यक्तिबाटै मुख्यमन्त्री थापाले विश्वासको मत लिएपछि त्यसलाई बदर गर्न माग गर्दै एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा न्यायाधीयशहरु सपना प्रधान मल्ल, डा. कुमार चुडाल र डा. नहकुल सुवेदीको पूर्ण इजलासले उक्त आदेश दिएको हो । गत भदौ ७ मा सर्वोच्चले संवैधानिक नैतिकता, संसदीय अभ्यास र अदालतको आदेशविपरीत भएको भन्दै दीर्घकालीन महत्त्वका निर्णय नगर्न अन्तरिम आदेश गरेको थियो ।

यही प्रकृतिको मुद्दामा यसअघि सर्वोच्च अदालतले यस अघि पनि कोशी प्रदेश सरकारलाई अवैधानिक घोषित गरिसकेको थियो । आफ्नो आदेशलाई अनदेखा गर्दै पुनः त्यही प्रक्रियाबाट विश्वासको मत लिने कामलाई सर्वोच्चले ‘संवैधानिक नैतिकता’ विपरीतको भन्दै अन्तरिम आदेश जारी गरेको थियो ।

सर्वोच्च अदालतले कोशी प्रदेशमा प्रदेशको सबैभन्दा ठूलो दल नेकपा एमाले कोशीका संसदीय दलको नेता भएकाले हिक्मतकुमार कार्कीलाई ४८ घण्टाभित्र प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको छ ।सर्वोच्च अदालतको आदेशसँगै कोशी प्रदेशका मुख्यमन्त्री एमाले संसदीय दलका नेता कार्की बन्ने देखिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post दमक उपमेयर कप २०८० को उपाधी सभापोखरीलाई (फाेटाे फिचर)
Next post चुरे क्षेत्रमा बस्ती बसेपछि पहिलो पटक खानेपानी संचालनले खुशीयालीः विपन्नलाई धारा जाेड्नै समस्या (फाेटाे फिचर)