झापाको पुरानो धार्मिक पर्यटकीय क्षेत्र दोमुखाको मुहार फेरिँदै (फाेटाे फिचर)

६ असोज २०८०/डिकेश लामा

बर्षौं पछि झापाको पुरानो धार्मिक पर्यटकीय क्षेत्रको विकासमा सरकारले विशेष जोड दिएको छ । दोमुखा क्षेत्र विकासका लागि पार्क, सडक र पुल निर्माण भए पछि पर्यटकको संख्या समेत बृद्धि भएको छ । झापाको सवैभन्दो ठूलो नदि कन्काई माइको चुरे भागमा पर्ने धार्मिक तथा पर्यटकीय दोमुखा क्षेत्रमा पछिल्लो समय पर्यटकहरुको संख्यामा बृद्धि भएको छ । शिवसताक्षी नगरपालिकाले सडक र पुल बनाए पछि पर्यटकको संख्या समेत बृद्धि भएको स्थानीय बासिन्दाले बताएका छन् ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत माइधार देखि झण्डै ३ मिटर उत्तरमा रहेको जिल्लाको पुरानो धार्मिक पर्यटकीय क्षेत्रमा संघीयता कार्यान्वयनसँगै विभिन्न योजनाहरु समेत निर्माण भएका छन् । ५० औं बर्ष देखि पिछाडिएको क्षेत्रको विकासका लागि शिवसताक्षी नगरपालिकाले नगर गौरबको योजनाको रुपमा दोमुखालाई जोड दिइएको नगर प्रमुख मेघाहाङ्ग रोशन थोप्राले बताउनु भयो । थोप्राका अनुसार स्थानीय सरकारकै ६ लाख बजेट विनियोजन गरी ठेक्का प्रकृयाबाट सडक कालो पत्र र कल्भर्ट निर्माण गरिएको छ । यस्तै प्रदेश सरकारले थालेको पौडी खेल्ने पोखरी समेत पुरा गर्ने गरी काम गरेको उहाँले बताउनु भयो ।

पर्यटकीय विकास समितिले ३३ करोड बजेटको गुरु योजना बनाई विकास गर्न थालिएको दोमुखाको मुहार पछिल्लो समय फेरिन थालेको छ । संघीय सरकारले समेत सहयोग गरे पछि पार्क, पोखरी देखि सडकसम्म निर्माण भएको स्थानीय अगुवा चन्द्रप्रसाद बस्नेतले बताउनु भयो । बस्नेतका अनुसार सडक बने पछि धेरै सहज भएको बताउनु भयो ।

दाेमुखा जाने सडक

लामो समय देखि विकासको पर्खाइमा रहेको दोमुखामा देशमा संघीयता आएसँगै परिवर्तन हुन थालेको हो । विकासका कामहरु धमाधम हुन थाले पछि पर्यटन क्षेत्रमा जनघनत्व देखि पर्यटकको आगमन समेत बढ्दै गएको स्थानीय बासिन्दको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post खुकुरी प्रहारबाट लामिछानेकाे मृत्यु, २ जना घाइते
Next post झापाका किसानबाट चाडबाड लक्षित तरकारी खेतीमा जोड