गिरीबन्धु टी–स्टेटमा भएकाे भ्रष्टचार छानविनकाे माग राख्दै विर्तामाेडमा र्याली प्रर्दशन (फाेटाे फिचर)

१३ असाेज २०८०,बिर्तामोड – नेकपा (माओवादी केन्द्र) ले झापाको बिर्तामोडमा गिरीबन्धु टि–स्टेटमा भएकाे भ्रष्टाचार प्रकरण विरुद्ध शनिबार र्याली निकालेकाे छ । पार्टीले गिरीबन्धु टि–स्टेटको फाइल तुरुन्त खोल, भष्ट्राचार विरुद्धको अभियान सफल पारौं, माओवादी केन्द्र जिन्दावाद, संसारका मजदुर एक हौं, सुकुम्बासीलाई लगाइएको कर निःशुल्क गर, श्रम ऐन तथा सामाजिक सुरक्षा सम्झौता तथा कार्यन्वयन गरलगायतका नारासहित र्याली निकालेकाे हाे ।

र्याली पछिकाे कोणसभालाई माओवादी केन्द्रका केन्द्रिय सदस्य हरिकुमार रानाले सामान्तबादी राज्यसत्ताको अन्त्य भएपनि शासकहरुमा सामान्तबादी चिन्तनले घर गरेको बताउनु भयाे । सामान्तवादी शासकको अन्त्य गर्नका लागि माओवादीले शुरु गरेको तीन महिने अभियानमा सवैले साथ तथा सहयोग गर्नु पर्ने उहाँले बताउनु भयाे । नेता रानाले सामान्तबादी राज्य सत्ताको अन्त्य गर्नका निम्ति माओवादी केन्द्रले शुरु गरेको अभियानमा एकजुट भएर लाग्न सवैलाई आग्रहसमेत गर्नु भएकाे छ ।

माओवादी केन्द्रले ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ अन्तरगत जारी ‘जन जनमा माओवादी, घरघरमा माओवादी’ अभियान अन्तरगत गिरीबन्धु टि स्टेट भ्रष्टाचार प्रकरण विरुद्धको ¥याली गरेको जनाइएको छ ।

माओवादी केन्द्र बिर्तामोड नगरपालिका वडा नम्बर ५ को आयोजनामा शनिवार (आज) बिर्तामोडमा बिभिन्न प्ले कार्ड बोकेर नाराजुलुससहित ¥याली गरिएको थियो । ¥याली कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य, प्रदेश कमिटी सदस्य, बिर्तामोड नगरका पदाधिकारी तथा सदस्य, वडाका पदाधिकारी तथा सदस्यलगायतको बाक्लो उपस्थिति रहेको थियो ।

भूमाफिया र जग्गा दलालहरुको योजनामा झापाको अर्जुनधारा र विर्तामोड नगरपालिकामा रहेको हदबन्दी भन्दा बढीको ३ सय ४३ विघा जग्गा बेचविखन गर्नकै लागि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले भूमि ऐनको १८ औँ संशोधन गराएको थियाे । ऐन संशोधन भएपछि ओली सरकारले फास्ट ट्रयाकमा २०७८ सालकाे असार २४ गते मन्त्रिपरिषदको बैठक बसेर गिरीबन्दु टिस्टेटको जग्गा कौडीको बेचविखन गरेर नजिकैको पृथ्वीनगरमा चिया बगान स्थानान्तरण गर्ने निर्णय गरेको थियो । तर त्याे निर्णयलाइ तत्काल सर्वाेच्च अदालतले राेक लगाएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post ग्रामिण खेल विकासमा चासोः प्रथम त्रिवेणी कपको खर्च सार्वजनिक
Next post अन्तराष्ट्रिय जेष्ठ नागिरक दिवशमा जेष्ठ नागरिक स्याहार गर्ने उत्कृष्टलाई दमकमा सम्मान (फाेटाे फिचर)