अन्तराष्ट्रिय जेष्ठ नागिरक दिवशमा जेष्ठ नागरिक स्याहार गर्ने उत्कृष्टलाई दमकमा सम्मान (फाेटाे फिचर)

१४ असोज २०८०, झापा
आफ्ना जेष्ठ आमाबुवा र सासु–ससुराको राम्रो तरिकाले स्याहार सुसार गर्ने तथा नगरकै जेष्ठ महिला पुरुषलाई आज सम्मान गरिएको छ ।
३३ औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवश तथा जेष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपालको २० औं साधारणसभामा झापाको दमक नगरपालिका र प्रतिष्ठानले सम्मान गरेको हो ।
नगरले हरेक वडामा समिति बनाएर छानविन गरी छनौट भएका १० वडाका १० जना राम्रो तरिकाले आमाबुवा पाल्नेलाई सम्मान गरेको छ । नगरपालिकाकी उपप्रमुख रेगिना प्रसाईं भट्टराईले सम्मानित हुनेलाई सम्मान पत्र ढाकाको सल र जेष्ठलाई न्यानो व्लान्केट, पोसिलो आहार प्रदान गरेर सम्मान गर्नु भएको छ । यसैगरी कार्याक्रमको प्रमुख अतिथि समेत रहनु भएकी उपप्रमुख भट्टराईले १५ जना शारीरिकरुपमा कम्जोर जेष्ठ नागरिकलाई लौरो समेत वितरण गर्नु भयो ।

सम्मानित हुनेहरुमा दमक १ का खगेन्द्र काफ्ले र सावित्रा काफले, दमक २ का इन्दिरा दाहाल र लक्ष्मी दाहाल , वडा नं ३ की अम्बिका गौतम , वडा नं ४ की गौरीकुमारी भेटवाल, वडा नं ५ की गीता अधिकारी, ६ की रुक्मणी पोखरेल, ७ की पदमा कार्की सिंह, ८ कन सूर्यप्रसाद दाहाल, ९ का रुपादेवी भगत र वडा नं १० की सुमित्रा भण्डारी रहेका छन् । सो अवसरमा प्रतिष्ठानको २० औं बार्षिक साधारण सभाको उदघाटन गर्दै कार्यबहाक नगर प्रमुख भटटराईले ज्येष्ठ नागरिकहरु समाजका सम्पत्ती भएको भन्दै समाजले उचित सम्मान गर्नुपर्ने बताउनु भयाे । उहाँले ज्येष्ठहरुको सेवा सुविधालाई मध्यनजर गर्दै स्थानीय सरकारले उनीहरुको स्वास्थ्योपचार र अन्य सेवा सुबिधाका कार्यक्रमहरु ल्याएको उल्लेख गर्नु भयाे ।
सिताराम खतिवडाको अध्यक्षतामा भएको कार्याक्रममा प्रतिष्ठानले दमक नगर भित्र बस्ने सवै भन्दा जेष्ठ पुरुष दमक नगरपालिका वडा नं. ५ का ९९ बर्षीय देवीबहादुर खड्का र जेष्ठ महिला दमक १० निवासी १ सय ५ बर्षीय नर्वदा ढकाललाई सम्मान गरेको छ ।
अंग्रेजी पात्रो अनुसार अक्टुवर १ तारिखका दिन अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवश मनाइन्छ । यस बर्ष “बृद्ध व्यक्तिका लागि विश्वव्यापी मानव अधिकार घोषणा पत्रको प्रतिज्ञाहरु पुरा गर्न पुस्तान्तरण हुनु पर्छ ।” भन्ने कुरामा जोड दिँदै सँयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरुले विभिन्न कार्याक्रम गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post गिरीबन्धु टी–स्टेटमा भएकाे भ्रष्टचार छानविनकाे माग राख्दै विर्तामाेडमा र्याली प्रर्दशन (फाेटाे फिचर)
Next post पशुपतिनाथ मन्दिरकाे जलहरीमा १ कराेड बढीकाे हिनामिना भएकाे भन्दै सदस्य सचिव थापा सहित ३ जना विरूद्ध मुद्धा