पशुपतिनाथ मन्दिरकाे जलहरीमा १ कराेड बढीकाे हिनामिना भएकाे भन्दै सदस्य सचिव थापा सहित ३ जना विरूद्ध मुद्धा

१४ असाेज २०८०,काठमाडौँ – पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरी सम्बन्धी घोटाला प्रकरणमा १ करोड सत १७ लाख बराबरकाे सुन हिनामिना भएकाे अख्र्तियार दुरूपयाेग अनुसन्धान अायाेगले जनाएकाे छ । १ केजी ४ सय ९१ ग्राम ७ सय १८ मिलि ग्राम सुनको मुल्य खरिद गर्दाको मुल्य अनुसार हुन आउने १ करोड १७ लाख १ हजार ७ सय ८१ रूपयाँ विगाे ताेकिएकाे छ । साे प्रकरणमा पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव मिलनकुमार थापा, तत्कालीन सदस्यसचिव प्रदीप ढकाल र स्टोरकिपर अरुणकुमार श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन कोषाध्यक्ष समेत रहेका हालका सदस्यसचिव थापासहित ३ जनाविरुद्ध जनही एक करोड १७ लाख १ हजार ७ सय ८१ रुपैयाँ बिगो मागदाबी गरेको छ ।

पशुपतिको शिवलिंग (ज्योर्तिलिंङ)को गर्भगृहलाई पूर्ण रुपले ढाक्ने गरी राखिने सुनको जलहरी निर्माण कार्यको लागि नेपाल राष्ट्र बैंकबाट १०३ केजी ७७३ ग्राम सुन ८० करोड ११ हजारमा खरिद गरिएको थियो । उक्त सुनमा २ केजी ८ सय ९० ग्राम, चादी १ केजी २४९ ग्राम, जिंक १२.७५ ग्रामसमेत गरी १ सय ७ केजी ९२४.७५ ग्राम सुन कायम गरिने उल्लेख गरियो । तर, तोकिएको शर्त र निर्णय बमोजिम सुनको जलहरी बनाइएन । निर्मित जलहरी, जलधारा, नाग, नागमूर्ति, सुनको किलालगायतमा प्रयोग गरिएको सुनको परिमाण ९६ केजी ८२२ ग्राम मात्रै उल्लेख गरियो ।

त्यस बेलाको मुल्य अनुसार ७ करोड ८६ लाख ४६ हजार रुपैयाँ बराबरको बाकी १० केजी ९ सय ७६ ग्राम सुन सुन रिङ बनाई चढाइएको जिकिर कोषले गर्‍यो । त्यसपछि खोजविन गर्दा रिङ भने राखिएको भेटिएन ।

जलहरी बनाएर बाकी रहेको सुन केही पदाधिकारी र कर्मचारीको मिलेमतोमा गायव पारिएको भन्दै कोषकै केही सदस्यले खोजविन थाले । तर, कोषले त्यसको विवरण नदिएपनि केही सदस्य र त्यसबारे चासो राख्ने व्यक्तिका तर्फबाट अख्तियारमा उजुरी पर्‍यो । यो विषयमा अख्तियारले अनुसन्धान अघि बढाए पछि भ्रष्टचार भएकाे विवरण बाहिर अाएकाे हाे ।

यो प्रकरणमा सुन अनियमितता गर्न ढकाल र थापाको प्रत्यक्ष भूमिका रहेको पुष्टि भएको र बदनियत गरी हिनामिना, हानिनोक्सानी तथा दुरुपयोग गरेको देखिएकोले अख्तियारको आरोप पत्रमा उल्लेख छ । त्यस्तै कोषका स्टोरकिपर अरुण कुमार श्रेष्ठले कोषको सम्पत्ति संरक्षण गर्ने जिम्मेवार ब्यक्ति रहेकोमा मन्दिरभित्र सुनको जलहरी निर्माणका क्रममा नेपाल राष्ट्र बैंकबाट खरिद गरिएको सुन लगायत सोही कार्यमा अन्य दाताहरुबाट प्राप्त सुन, चाँदी, तामासमेतको अभिलेख गरी पारदर्शी रुपमा दुरुस्त नराखी हिनामिना गर्ने योजनामा संलग्न रहेको अनुसन्धानबाट पुष्टि भएको हो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post अन्तराष्ट्रिय जेष्ठ नागिरक दिवशमा जेष्ठ नागरिक स्याहार गर्ने उत्कृष्टलाई दमकमा सम्मान (फाेटाे फिचर)
Next post पुरुष जति विदेशिए पछि गाउँका महिला कृषिमा सफल बन्दै (फाेटाे फिचर)