पुरुष जति विदेशिए पछि गाउँका महिला कृषिमा सफल बन्दै (फाेटाे फिचर)

१५ असोज २०८०/डिकेश लामा

पछिल्लो समय बर्षेनी यूवा जमात विदेशिनेक्रम बढ्दै गए पछि गाउँघरमा महिलाहरु आफै कृषिमा सक्रीय बन्दै गएका छन् । झापाका ग्रामिण क्षेत्रका महिलाहरुले थालेको कृषि व्यवसायबाट सफलता समेत प्राप्त गर्न थालेका छन् ।गौरादह नगरपालिका वडा नं. ७ गछियामारीका महिलाहरु पछिल्लो समय कृषि उद्यममा सक्रीय बन्दै गएका छन् । पशुपालन देखि तरकारी खेती समेत गर्दै आएका महिलाहरुले गाऊँघरमै बसेर आम्दानी समेत गर्न थालेको पशुपालनमा लाग्नु भएकी गायत्रा ओस्तीले बताउनु भयो । ओस्तीको श्रीमान सरोजकुमार ओस्तीले १४ बर्ष विदेश बस्नु भयो । हालै आएर घरमा थालिएको कृषि कर्म सम्हाले पछि विदेशमा जति कमाई स्वदेशमै गर्न सकिएको ओस्ती दम्पतिको भनाइ छ ।


गाऊँघरमा काम गर्ने जनशक्तिको अभाव हुन थाले पछि महिलाहरुले कृषि औजारको प्रयोगलाई समेत जोड दिन थालेका छन् । सरकारले अनुदान उपलव्ध गराए पछि खरिद गरिएको कृषि यन्त्रले खेती गर्न धेरै सहज भएको पाटागाडा चाक्लाबन्दी खेतीकी अगुवा इन्दु सिलवालले बताउनु भयो । सिलवालका अनुसार कृषि क्षेत्रमा काम गर्ने जनशक्तिको अभाव भइरहेको वेला प्रदेश सरकारले कस्टम हायरिङ सेन्टर संचालनमा अनुदान दिए पछि खेती गर्न धेरै सहज भएको बताउनु भयो । अहिले पाटागाडाका किसानहरुले धान रोप्ने देखि काट्ने, गोड्ने, जमिन सम्याउने, मकै रोप्ने लगायतका मेशिन समेत संचालन गर्न पाएका छन् ।


त्यसो त मेहनेत गर्ने महिलाहरुको कमाइले घर व्यवहार चलाउने देखि छोराछोरी पढाउने खर्च समेत धान्ने गरेको छ । गर्दा स्वदेशमै सफलता लिन सकिने लामो समय देखि तरकारी खेतीमा लाग्नु भएकी कमल गाउँपालिका वडा नं. २ की सिमलडाँगीकी अगुवा किसान सरीता पौडेलले बताउनु भयो । पौडेलका अनुसार ९ जनाको परिवार पाल्न, छोराछोरीलाई उच्च शिक्षा पढाउनसम्म खेतीकै कमाई बाट सफल भएको बताउनु भयो ।


वैदेशिक रोजगार विभागको पछिल्लो तथ्याङकमा झापाबाट विदेशिनेको संख्या देशमै उच्च रहेको छ । पुरुषहरु विदेशिन थाले पछि स्वावलम्बी बन्दै गएका महिलाहरुले सफलता समेत लिन थालेको उनीहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post पशुपतिनाथ मन्दिरकाे जलहरीमा १ कराेड बढीकाे हिनामिना भएकाे भन्दै सदस्य सचिव थापा सहित ३ जना विरूद्ध मुद्धा
Next post श्रीमतिलाई चाँडो निको हुनु भनेर फर्किएका राईकाे छाेराले चलाएकाे बाइकबाट झरेर मृत्यु (भिडियाे सहित)