
बझाङमा आज २ पटक भूकम्प जाँदा स्थानीय त्रसिद
१६ असाेज २०८०, बझाङ– बझाङमा भूकम्पको कडा धक्का महसुस गरिएको छ । आज दिउँसो ३ बजेर ६ मिनेटमा बझाङको चैनपुर केन्द्रविन्दुआसपास बनाएर ६.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का सुदूरपश्चिमका सबै जिल्लामा महसुस गरिएको छ । बझाङ जिल्लाभरि विभिन्न ठाउँमा घरहरू चर्किएको जानकारी आए पनि क्षतिको यकिन विवरण भने आउन बाँकी छ । यसअघि मंगलबार दिउँसो २ बजेर ४० मिनेट जाँदा बझाङकै तलकाेट केन्द्र विन्दु बनाएर ५ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको थियो । पटक-पटक परकम्प गइरहेको हुनाले अहिले स्थानीय बासिन्दा घरबाहिर खुला चौरमा बसिरहेका छन् ।
भूकम्पको धक्का छिमेकी प्रदेश र भारतको दिल्लीसम्म पनि महसुस भएको जनाइएको छ । पटक पटक भूकम्प गए पछिकाे विवरण भने अाउन बाँकी रहेकाे छ ।