शिक्षकको पहलमा विधार्थीलाई व्याग वितरण


१० फाल्गुन २०७७, झापा
आफ्नै तलवबाट विधार्थीलाई खाजा खुवाउँदै आएको शिक्षक समूह मार्फत तेस्रो मुलुक पुगेका भूटानीले किताव बोक्ने व्याग सहयोग गरेका छन् । अमेरिकामा नेपाली भाषी भूटानीले खाेलेका इन्ट्रानेश्नल वेलफेयर एण्ट सर्पोट अफ अमेरिका नामक संस्था मार्फत भानु माविका कक्षा ७ सम्मका १ सय ४२ जना विधार्थीलाई सहयोग गरेका हुन् ।


दिवा खाजा कटौतीका कारण विधार्थी घट्न थाले पछि भानु माविका ७ जना शिक्षक मिलेर गोजीको पैसाबाट २ बर्ष देखि विधार्थीलाई खाजा खुवाउँदै आएका छन् । हाल आएर सहयोगी दाताले समेत सहयोग गर्न थालेको खाजा कार्याक्रमकी सह संयोजक शिक्षक विमला भण्डारीले बताउनु भयो । भण्डारीले सहयोगीदाता इन्ट्रानेश्नलका प्रमुख डिल्लिराम अधिकारी र उपप्रमुख मेघराज सुवेदी लगायतका टीमले गरेको सहयोग प्रति धन्यवाद दिँदै फेरि पनि सहयोगको अपेक्षा गरेको बताउनु भयो ।


कार्याक्रममा चुलाचुली गाऊँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख रामप्रसाद मिश्रका अनुसार शिक्षकले थालेका खाजा कार्याक्रमलाई अव गाऊँपालिका भरीका विधालयमा विस्तार गर्न संघीय सरकारले बजेट विनियोजन गरेकाले चाँडै शुरु गरिने बताउनु भयो ।
चुलाचुली गाउँपालिकामा एसइइमा उत्कृष्ट दिपेन्द्र गौतम्, आधारभूत तह पालिका उत्कृष्ट प्रशान्त चम्लागाँई, विधालय उत्कृष्ट छात्रा प्रिती खजुम र एलिना अधिकारीलाई नगद सहित सम्मान पत्रले सम्मान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ९० जना निकाे, १२५ संक्रमित
Next post श्रीमती मारेको आरोपमा एक शरणार्थी पक्राउ