श्रीमती मारेको आरोपमा एक शरणार्थी पक्राउ


११ फाल्गुन २०७७
मादक पदार्थ सेवन गरी कुटपिट गरेर हत्या गरेको आरोपमा एक भूटानी शरणार्थी अाज मंगलबार पक्राउ परेका छन् । भूटानी शरणार्थी शिविर वेलडाँगीमा सेक्टर डी ४ छाप्रा नम्बर ३९ बस्ने ५५ बर्षीय सरे राई पक्राउ परेका छन् ।
राईले दोस्रो विवाह गरेको आफ्नै श्रीमती ४९ बर्षीय विष्णुमाया तामाङलाई कुटपिट गरी हत्या गरेको भनी छोराछोरीले दिएको उजुरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।


पहिले देखि नै मादक पदार्थ सेवन गरी सामान्य झैझगडा भईरहने दम्पतिबीच हिजो राती समेत झगडा भएको थियो । शारीरिकरुपमा केही विरामी समेत रहेकी तामाङलाई हिजो पनि कुटपिट गरेको र सोही काराणले मृत्यु भएको भनी गरेको उजुरीको आधारमा आज पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ । यता आरोपित राईले भने आफूले हत्या नगरेको बताउँदै आएको आफन्तले बताएका छन् । आज विहान नै झगडा भएको र कुटपिट गरेर मरे पछि फरार रहेको भनी उजुरीको आधारमा स्थानीय समूदायको एक घरमा लुकिछिपी वसेको अवस्थामा बाघखोर प्रहरी चौकीको टोली पक्राउ गरी इलाका प्रहरी कार्यालय दमकमा बुझाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post शिक्षकको पहलमा विधार्थीलाई व्याग वितरण
Next post प्रतिनिधिसभा व्यूँतियाे, प्रम ओली र राष्ट्रपति भण्डारीकाे निर्णय बदर