0 0
Read Time:2 Minute, 0 Second

१९ कार्तिक २०८०,डोटी– प्यालेस्टाईनी विद्रोही समूह हमाशको आक्रमणमा परी मृत्यु भएका दुई विद्यार्थीको शव डोटी आईपुगेको छ । नेपाली सेनाको स्काई एम्बुलेन्स एनए ०६४ मार्फत आज दिउँसो करिब ३ बजे डोटी शिखर नगरपालिका-६ चुँडीका राजन फुलारा र आदर्श गाउँपालिका-५, पीडका पदम थापाको शव डोटीको दिपायल विमानस्थलमा ल्याइ पुर्याइएका हुन् ।

विमानस्थलमा दुवै शवहरू आफन्तले बुझेका छन् । शव बुझ्नका लागि आफन्तहरुसंगै शिखर नगरपालिकाका नगर प्रमुख दिर्घवहादुर बलायर र आदर्श गाउँपालिकाका अध्यक्ष गणेशबहादुर खड्का डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याल प्रहरी प्रमुख विमानस्थल पुग्नु भएकाे छ ।

मृतकहरूका शवलाई प्रहरी निरीक्षकको टोलीले स्कटिङ्ग गरी घरसम्म पुर्‍याएको थियो । दुवै शवको भोली सोमवार मात्रै दाह संस्कार हुने आफन्तहरूले जानकारी दिएका छन् । थापाको आदर्श गाउँपालिका ५ तलारास्थित सेती नदीमा र फुलाराको शिखर नगरपालिका ६ अडेउलस्थित सेती नदीमा दाह संस्कार हुनेछ ।

सुदूरपश्चिमाञ्चल बिश्वबिद्यालयको टिकापुर कृषि क्याम्पसमा स्नातक तह आठौँ सेमेस्टरमा अध्ययनरत थापा र फुलारा सिक्दै कमाउँदै कार्यक्रम अन्तरगत भाद्र २६ गते इजरायल पुगेका थिए । उनीहरूको असोज २० गते आक्रमणमा परी मृत्यु भएको भएको थियो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

By admin

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *