ऐतिहासिक स्थल चिल्लागढधाममा भव्य फाल्गुनन्द जयन्ती (फोटो/भिडियाे कथा)
२५ कार्तिक २०८०/सारासन्देश समाचार
झापाको शिवसताक्षी नगरपालिका वडा नं. ९ मा रहेको ऐतिहासिक चिल्लागढमा पहिलो पटक भव्य कार्याक्रमबीच फाल्गुनन्द जयन्ती मनाइएको छ । नेपालको १६ औं राष्ट्रिय विभूति किरात धर्मका महागुरु फाल्गुनन्दको १३९ औं जन्मजयन्तीको अवसरमा आज किरात धर्म गुरु आत्मानन्द लिङदेन स्वयम् उपस्थिति भई फाल्गुनन्दको शालिक अनावरण र मन्दिरको उद्घाटन गर्नु भएको छ ।
कोशी प्रदेशका विभिन्न जिल्लाका किरात धर्मावलम्भीको उपस्थितिमा गरिएको कार्याक्रममा प्रमुख अतिथि रहनु भएका बन तथा वातावरण मन्त्री डा. विरेन्द्र प्रसाद महत्तोले महागुरु फाल्गुनन्दले देखाएको बाटोले सामाजिक एकता र सकरात्मक कार्य गर्न प्रेरित गरेकाले उहाँहरुको मार्ग सवैले अनुसरण गर्नु पर्ने बताउनु भयो ।
यस्तै कार्याक्रममा किरातधर्म गुरु आत्मानन्द लिङदेनले विश्व शान्तिका लागि मानबबीच एकताको खाँचो रहेको बताउनु भयो । उहाँले इजरायलमा भइरहेको द्वन्द्व समेत मानवबीचको एकता र सदभावको अभावले भएको बताउनु भयो । सत्य र अहिंसाले मात्र मानिसलाई खुशी र शान्ति दिलाउने बताउनु भयो ।
महाभारतकालमा पाडण्वहरुले गुप्तबास बसेको क्षेत्रको रुपमा मानिन्दै आएको चिल्लागढ धाममा किरात मन्दिर उद्घाटन र महागुरु फाल्गुनन्दको शालिक अनावरण गरेसँगै विभिन्न धर्मको केन्द्र बनेको कार्याक्रमका बक्ताहरुले बताउनु भएको छ । मन्त्री, सांसद तथा राजनैतिक अगुवाहरुको उपस्थिति रहेको कार्याक्रममा विभिन्न धर्मावलम्वीहरुले साँस्कृतिक कार्याक्रम समेत पर्दशन गरेका छन् । धाममा १ लाख ८ हजार दियोको बत्ती बाली पूजाआजा समेत गरिएको छ
भिडियाे हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।