सामाजिक संजालको चुनौती तर्फ ध्यान दिन जोड

२५ कार्तिक २०८०, सारासन्देश समाचार
नेपालमा पछिल्लो समय सामाजिक संजालले पत्रकारिता माथि ल्याएको चुनौती कम गर्न सरकारले आवश्यक कानुन बनाउन पत्रकारहरुले माग गरेका छन् । प्रेस चौतारी क्षेत्रिय समिति झापाको आयोजनामा आज दमकमा भएको शुभकामना आदान प्रदान गर्ने कार्याक्रममा नेकपा एमालेका राष्ट्रियसभा संसदीय दलका नेता देवेन्द्र दाहाल सहित राजनैतिक अगुवासँगको भेटघाट कार्याक्रममा पत्रकारले सो कुरा राखेका छन् । देशमा बढ्दै गएको अराजक गतिविधि सामाजिक संजालमा लापार्वाही दुरुपयोगकै कारण भएको र आरोप भने सिंगो पत्रकारिता जगतले खेप्नु परेको भएको जिल्लाका अगुवा पत्रकारले बताएका छन् ।


कार्याक्रममा बोल्दै राष्ट्रियसभा सदस्य दाहालले सामाजिक संजालले अवसर सृजना गरेको भए पनि उचित नियमन नहुँदा राष्ट्रिय अखण्डता तथा सद्भावमा खलल् पुग्ने काम समेत हुन थालेकाले यसलाई कानुन नै बनाएर कडाइ गर्नु पर्ने बताउनु भयो । उहाँले बर्तमान सरकारको ७ महिना अवधिको अधिवेशनबाट राष्ट्रियसभामा ३ वटा र प्रतिनिधिसभाबाट एक वटा मात्र विधेयक पास भएको र राज्यले आवश्यक विधेयक ल्याउन नसकेको समेत दावी गर्नु भयो ।
यस्तै कार्याक्रममा पूर्व दमक नगर उपप्रमुख तथा नेकपा एमालेकी केन्द्रिय सदस्य गीता अधिकारीले जाजरकोटमा भूकम्पमा परेकाहरुलाई सही राहत वितरण हुन नसकेकाले तत्काल सरकारले यस तर्फ ध्यान दिई खास पीडितहरुलाई राहत प्रदान गर्न आग्रह गर्नुभयो ।
कार्याक्रममा शुभकामना दिँँदै राजनैतिक अगुवाहरुले दमकमा कानुनले वर्जित गरेका तासजुवा, डाइस, बारुदजन्य सामाग्रीको प्रयोग समेत खुलेआम भइरहेकाले पत्रकार र सामाजिक अगुवा सवैले चासोका साथ न्यूनिकरण तर्फ लाग्नु पर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post ऐतिहासिक स्थल चिल्लागढधाममा भव्य फाल्गुनन्द जयन्ती (फोटो/भिडियाे कथा)
Next post तिहारकाे वेला दुःखद खबरः जीप दुर्घटना परी नवलपरासीमा ७ जनाकाे मृत्यु