तिहारकाे वेला दुःखद खबरः जीप दुर्घटना परी नवलपरासीमा ७ जनाकाे मृत्यु

२६ कार्तिक २०८०, नवलपरासी–  तिहारकाे वेला नवलपरासीमा दुःखद सडक दुर्घटना भएकाे छ । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–९ मा जीप दुर्घटनामा परी मृत्यु हुनेकाे संख्या ७ पुगेकाे छ ।  बौदीकाली गाउँपालिका माझडाँडाबाट दलदले बजारतर्फ आउँदै गरेको लु१ज ३२७० नम्बरको जीप देवचुली नगरपालिका–९ गोरेघुम्तीमा दुर्घटना भएको थियो । दुर्घटनामा तीन महिला र तीन पुरुषको घटनास्थलमै मृत्यु भएको थियो भने मध्यविन्दु नगरपालिका–२ का चिरन अर्यालको उपचारका क्रममा मृत्यु भएको हो ।

घटनास्थलमै मृत्यु भएका ६ जनामध्ये हालसम्म पाँच जनाको परिचय खुलेको प्रहरी नायब उपरीक्षक पौडेलले जानकारी दिनुभयो । दुर्घटनामा मृत्यु हुनेमा जीप चालक बौदीकाली–६ माझडाँडाका २६ वर्षीय बहादुर आले मगर, सोही ठाउँका ५५ वर्षीय टेकमान वानटक्की मगर, ५२ वर्षीया कुमारी राना र ४५ वर्षीय कमला वानटक्की मगर र बुलिङटार गाउँपालिका–४ चुलिबोझाकी १२ वर्षीया करिष्मा ठाडा रहेका छन् । मृतक एक जनाको अझै परिचय खुल्न सकेको छैन । उक्त जीप अनियन्त्रित भई सडक छेउको घरमा ठोक्किएर दुर्घटना भएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post सामाजिक संजालको चुनौती तर्फ ध्यान दिन जोड
Next post तिहारकाे वेला आगलागीकाे घटना बढ्दैः आगाे नियन्त्रण गर्दा १८ जना घाइते