इपीएस परीक्षाकाे विवादले लियाे २ जनाकाे ज्यानः ७ जना घाइते

१३ पुस २०८, काठमाडौँ– ललितपुरको बालकुमारीमा आज भएको घटनामा प्रदर्शनका क्रममा घाइते भएका दुई जनाको मृत्यु भएको छ । घटनामा सात जना घाइते भएका छन् । स्थानीय प्रशासनका अनुसार घाइतेमध्ये ४ जना सशस्त्र प्रहरी र बाँकी तीन जना प्रदर्शनकारी रहेका छन् ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितका अनुसार  एक महिलासहित ७३ जनालाई पक्राउ गरिएको छ । घटनामा प्रहरी सहित सात जना घाइते भएका छन् ।  मृत्यु भएका दुई मध्ये एक जनालाई गोली लागेको र अर्का एक जनाको छातीमा दाग देखिएकाले शव परीक्षणपछि मात्र मृत्युको वास्तविक कारण जानकारी हुने बताउनुभयो । घटनामा डोटीका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको हो । अछामको चौरपाटी गाउँपालिका-१, सिउडीका २३ वर्षीय वीरेन्द्र शाह दसैंमा घर आएका थिए । वृद्ध अवस्थाका बुवाआमालाई विदेश जाने गरी बिदा भएर गएका उनको शुक्रबार रोजगार अनुमति प्रणाली (ईपीएस)परीक्षार्थीहरूको आन्दोलनका क्रममा प्रहरीसँग झडपमा परेर सँधैका लागि अस्ताउन पुगेकाे भन्दै गाउँले नै शाेकमा परेका छन् । शरीरको एक भागमा प्यरालाइसिस भएर थन्किएका बुवा टेकबहादुरका लागि बुढेसकालको भरोसा नै वीरेन्द्र हुनु हुन्थ्याे । आर्थिक अवस्था कमजोर भएकाले कोरियाको सपना पुगेर २ वर्षअघि शाह काठमाडौं आउनु भएकाे थियाे ।

कोरियामा रोजगारीका निम्ति रोजगारी अनुमति प्रणाली (इपिएस)को परीक्षामा सामेल हुन नपाएको भन्दै युवाहरुले आज प्रदर्शन गरे पछि घटनाले उग्र रूप लिएकाे थियाे ।

त्यसक्रममा आन्दोलनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढेको गाडीमा आगजनी गरेका थिए । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गर्नाका साथै हवाइ फायर गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post गाैरीगंजमा वडाध्यक्षकाे छाेरीकाे जागिरकाे विषयमा विवाद
Next post बालकुमारी घटनाका मृतकलाई १० लाख दिइनेः छानविनका लागि प्रशासन र मन्त्रीकाे व्यक्तिगत सुरक्षाकर्मी निलम्बनमा