मह प्रशोधन उद्योगले महिलालाई रोजगारीः शिवसताक्षीमा ३ सय घर परिवार व्यवसायिकरुपमा मौरी पालनमा जुट्दै

१३ माघ २०८०/डिकेश लामा
झापाको शिवसताक्षीमा महिलाहरु मिलेर मह प्रशोधन उद्योग संचालनमा ल्याएका छन् । कोशी प्रदेशमा पहिलो पटक मह प्रशोधन उद्योग संचालनमा ल्याए पछि ३ सय घर परिवार बढी मौरी पालक किसानलाई समेत रोजगारी मिलेको छ । शिवसताक्षी नगरपालिकामा महिलाहरुको अगुवाइमा मह प्रशोधन उद्योग संचालनले मौरी पालक किसानलाई समेत ठूलो फाइदा पुगेको छ । उद्योग संचालनमा आएसँगै सो क्षेत्रमा मौरी पालक किसानमा समेत उत्साह बढ्दै गएको उद्योगकी संयोजक देवीकुमारी ओली दाहालले बताउनु भयो । ओलीका अनुसार सरकारले केही अनुदान समेत उपलव्ध गराए पछि गाउँघरका धेरै महिलाहरु मौरी पालनमा जुटेका छन् । राम्रो तरिकाले मौरी पालन गर्नेले आर्थिक उपार्जन समेत लोभ लाग्दो गरेको उहाँले बताउनु भयो ।

महिलाहरुले राम्रो काम गर्न थाले पछि सरकारले समेत अनुदानमा मेशिन तथा मौरीका घारहरु उपलव्ध गराउँदै आएको छ । मौरी पकेट कार्याक्रम संचालन गरिसकेका महिलाहरुले पछिल्लो समय १० हजार मेट्रिक टन बढी मह उत्पादन गर्दै आएका छन् । मह प्रशोधन उद्योग संचालनले स्थानीय क्षेत्रमा रोजगार समेत सृजना भएको छ । उद्योगले गर्दा गाउँघरमा मौरी पाल्ने किसानलाई राहत मिलेको छ । उनीहरुले अन्य पेशा भन्दा पनि मौरी पालन नै जोड दिएका छन् ।

यस अघि घरेलु विधिबाट मह प्रशोधन गरेर विक्री गर्ने महिलाहरुले उद्योग संचालन गरे पछि महको कारोवार समेत बृद्धि गरेका छन् । मह विक्रीबाटै धेरै महिलाहरुको आर्थिक अवस्थामा परिवर्तन आएको मौरी पालन संस्थाकी अध्यक्ष धनमाया थापाले बताउनु भयो । थापाका अनुसार शुरुमा हजारका लगानी गर्ने महिलाहरुले अहिले लाखौंको लगानी गर्न सफल बनेका छन् ।

३ वटा संस्थाको सहकार्यमा झण्डै ढेड करोड लगानीमा थालेको मह प्रशोधन उद्योगले स्थानीय क्षेत्रमा उत्पादन भएको मह खरिद गरी प्रशोधन र बजारिकरण गर्दै आएको छ । उद्योगमा जंगली फुल, तोरी, फापर, चिउरी लगायतका छुटाछुट्ै बालीको मह उत्पादन गर्ने भएकाले यसको माग समेत बढ्दै गएको उद्यमी महिलाहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापाली पत्रकार सापकोटाको ‘आमसञ्चार र समावेशी पत्रकारिता’ नामक पुस्तक सार्वजनिक
Next post झापा र मोरङ्गमा कुष्ट रोग बढ्दैः नियन्त्रणमा जुट्न आग्रह