झापामा एक यूवाले गरे नमूखा केरा खेती बार्षिक ढेड करोड बढीको कारोवार(फाेटाे फिचर)

११ फाल्गुण २०८०/डिकेश लामा

स्वदेशमै केही गर्न सकिन्छ भन्ने उदाहरण झापाका एक जना केरा खेती गर्ने युवाले देखाएका छन् । झापाको झापा गाउँपालिका वडा नं. ३ का युवाले शुरुमा २ लाख लगानीबाट १० कठ्ठा क्षेत्रफलमा थालेको केरा खेती अहिले २ करोड बढी लगानीमा ३० विगाह क्षेत्रफलमा गर्न सफल हुुनु भएको छ । केरा खेतीबारे इजरायलमा एक बर्ष तालिम र काम गरेर फर्कनु भएका झापा गाउँपालिका वडा नं. ३ का चन्द्र प्रसाद बस्नेतले अहिले २ विगाह निजी र २८ विगाह भाडामा जमिन लिएर खेती थाल्नु भएको छ । मेहनत गर्दा आफ्नै देशमा पनि हुन्छ भन्ने उदाहरण उहाँले काम मेहनेतका साथ केरा खेती गरेर देखाउनु भएको छ । विदेशमा आफूले सिकेको शीपलाई स्वदेशमै प्रयोग गरेर खेती थाल्नु भएका बस्नेतले राम्रो आम्दानीसँगै धेरैलाई स्थानीय क्षेत्रमा रोजगार समेत दिनु भएको छ ।


केरा खेती गर्न सक्दा एक विगाहमा बार्षिक ४ देखि ५ लाखसम्म आम्दानी हुने गरेको छ । प्राकृतिक विपती नआउने हो भने ३० विगाहबाट ढेड करोड हाराहारीको कारोवार हुन्छ । यसरी ठूलो क्षेत्रमा केरा खेती गर्दा दैनिक १५ देखि २० जनाले रोजगारी समेत पाएको खेतीमा ५ बर्ष देखि काम गर्दै आउनु भएका राजेश मुर्मुले बताउनु भयो । मुर्मुका अनुसार वेमौषममा २० र मौषममा ४० जनासम्मले रोगजारी पाएका छन् । रोजगारी गर्नेले दैनिक ७ सय रुपयाँ पाउने गरेका छन् । झापा गाउँपालिका वडा नं. ४ बाट रोजगारीमा आउनु भएका अब्दुल गफारका अनुसार केरा खेती नहुँदा केहिले सुरुङ्गा त कहिले विर्तामोड धाएर दैनिक ५ सय रुपयाँ कमाउन समेत मुश्किल थियो । तर केरा बगानमा काम गर्न थाले पछि छोराछोरी पढाउन देखि घरव्यवहार चलाउन सहज भएको छ ।

संघीयता पछि सरकारले जिल्लामा बर्षेनी केरा खेतीमा अनुदान समेत उपलव्ध गराउँदै आइएको छ । जसले गर्दा बर्षेनी खेती समेत विस्तार हुँदै गएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताउनु भयो । विष्टका अनुसार व्यवसायिक रुपमा खेती गर्ने किसानलाई केरा ढुवानीका लागि गाडी, सिंचाई र अन्य सहयोग गर्दै आएको बताउनु भयो । पछिल्लो समय झापामा एकै जना यूवाले ५० औं विगाहमा केरा खेती समेत गर्न थालेकाले झापाबाट देशका ठूला ठूला शहरमा केरा लगिने गरिएको उहाँले बताउनु भयो ।कोशी प्रदेशमा सवै भन्दा धेरै उत्पादन हुने झापा जिल्ला केरामा आत्मानिर्भर बनेको छ । झण्डै २ हजार हेक्टर क्षेत्रफलमा उत्पादन हुने ३७ हजार मेट्रिक टन हाराहारी केराले काठमाण्डौंसम्मको बजार लिने गरेको किसानको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post बहुप्रतिक्षित हुलाकी सडकमा पर्ने झापाको विरिङ्ग खोलामा बर्षौं पछि पुल निर्माणले सहज (फाेटाे फिचर)
Next post एकिकृत नमूना खेतीमा हाइव्रिड मकैको विऊ उत्पादनमा जोड (फाेटाे फिचर)