एकिकृत नमूना खेतीमा हाइव्रिड मकैको विऊ उत्पादनमा जोड (फाेटाे फिचर)

१२ फाल्गुण २०८०/डिकेश लामा

झापाको गौरादहमा हाइव्रेड मकैको विउ उत्पादन कार्य सफल बन्दै जान थाले पछि किसानको अकार्षण समेत बढ्न थालेको छ । समूदाय स्तरमा कोशी प्रदेशमै बृहत खेती गर्दै आएको गौरादह नगरपालिका वडा नं. ५ का किसानले समूहमा हाइव्रिड मकैको विऊ उत्पादनलाई यस बर्ष पनि जोड दिएका छन् । नेपालमा समूदाय स्तरमा थोरै मात्रमा खेती हुँदै आएको उन्नत विऊ उत्पादन कार्य नमूना खेतीले विगत ५ बर्ष देखि संचालन गर्दै आएको हो ।

हाइव्रिड मकैको विऊ उत्पादन गर्न ५ लाइन पोथी विऊ रोपे पछि १ लाईन भाले रोप्ने गरिन्छ । अर्थात पोथी आफैमा आएको विज हटाएर भालेको धानचमाराबाट परागसेचन गराई फलाउन सफल भएको मकै मात्र उन्नत विऊ बन्न सक्छ । मेहनेत गर्ने किसानले उन्नत विऊ उत्पादन गर्न सफल भएको लामा्े समय मकै बाली अनुसन्धानमा काम गर्दै आउनु भएका बरिष्ठ कृषि वैज्ञानिक डा. केशवबाबु कोइरालाले बताउनु भयो ।

नेपालमै नमूना खेतीको रुपमा परिचित गौरादह नगरपालिका वडा नं. ५ को एकिकृत नमूना खेतीले यो बर्ष ७ हेक्टर क्षेत्रफलमा रामपुर १२ र १६ को उन्नत विऊ उत्पादन गर्न खेती थालेको छ । यो खेती सामान्य मकै खेती भन्दा धेरै चुनौतीपूर्ण रहेको खेतीका अध्यक्ष वेदनिधी चापागाँईंले बताउनु भयो । चापागाईका अनुसार देशमा अनुसन्धान केन्द्रमा नै सफल अनुसन्धान हुन समस्या भईरहेको छ । यो बर्ष भाले भनेर दिएको मकैको विऊ पोथी नै परेको कारण केही समस्या समेत भएको बताउनु भयो । उहाँका अनुसार केही बर्ष परिक्षण र सिक्दैमा धेरै मेहनेत गर्नु पर्यो तर पछिल्लो समय धेरै सफलता मिल्दै गएको उहाँको भनाइ छ ।

८४ विगाहमा एकिकृत खेती गर्दै आएको समूहले उन्नत विऊ उत्पादनमा ५ बर्ष देखि काम गर्न थाले पछि स्थानीय बासिन्दाले पनि सिक्ने र रोजगार गर्ने अवसर पाएका छन् । तालिम लिएका महिलाहरुले समेत भाले र पोथी जातको मकैको विऊ रोप्न सफल बनेका छन् ।

नेपालमा ९० लाख हेक्टरमा मकै खेती हुँदै आएको छ । जसमध्ये १५ प्रतिशत क्षेत्रफलमा हाइव्रिड मकै खेती हुँदै आएको छ । तर देशमा आवश्यक उन्नत विऊ उत्पादन हुन नसक्दा अर्वौ रुपयाँ भारत जाने गरेको किसानको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापामा एक यूवाले गरे नमूखा केरा खेती बार्षिक ढेड करोड बढीको कारोवार(फाेटाे फिचर)
Next post दमककाे बालुवाटारकाे सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने १७२ जनाविरुद्ध मुद्दा दायर