झापाका महिलाहरुले उत्पादन गरेको महले उचित बजार नपाउँदा समस्या (फाेटाे फिचर)

२५ फाल्गुण २०८०/डिकेश लामा

झापाका किसानले उत्पादन गरेको महले पछिल्लो समय उचित बजार पाउन सकेको छैन । भारतबाट आयातित महका काराण स्वदेशी महले उचित बजार पाउन नसकेको किसानले गुनासो पोख्दै आएका छन् । झापामा मौरी पालन बृद्धि हुँदै गए पछि मह प्रशोधन उद्योग संचालन ल्याइएको छ । तर पछिल्लो समय बजारमा आएको आर्थिक तरलता र भारतबाट आयतित महका कारण २ बर्ष यता महको विक्रीमा गिरावट आएको सहारा सतासी महिला मौरी उद्योगका प्रमुख युवराज पौडेलले बताउनु भयो ।

पौडेलका अनुसार अघिल्लो बर्ष ३० हजार केजी मह विक्री भयो । गत बर्ष २२ हजार केजी विक्री भयो यो बर्ष अझ घट्दै गएको उहाँले बताउनु भयो । कोशी प्रदेश मुख्य बजार र पोखरा, काठमाण्डौंसम्म विक्री हुँदै आएको मह बर्षेनी विक्री घट्दै गएको छ । आयतित गुणस्तरहीन महका कारण स्वदेशमै उत्पादन भएको शुद्ध महले उचित बजार नपाएको उहाँले बताउनु भयो । शुद्ध मह जम्छ भन्ने कुरा उपभोक्ताले नबुझेका कारण पनि स्वदेशी महले उचित खपत हुन नसकेको उहाँको भनाइ छ ।

पछिल्लो सयम झापामा मौरी चरनका लागि उपयुक्त तोरी फापर तिल फिलुङ्गो लगायत बाली पनि बढेको छ । तर किसानमा चेतनाको अभावका कारण लार्पावाही विषादीको प्रयोगले मौरी पालक किसानलाई मौरी जोगाउँदै समस्या परेको अगुवा किसान तिर्थराज दाहालले बताउनु भयो । दाहालका अनुसार धेरै किसानले विषादी प्रयोग गर्दा मौरी बचाउँने समस्या हुने गरेको छ ।

तोरी, फापर लगायतका बालीको रसबाट बनेको मह चाँडो जम्ने गर्छ । शुद्ध मह जम्छ भन्ने चेतनाको अभावले पनि बजारमा केही समस्या भएको ठूलो संख्यामा मौरी पालन गर्दै आउनु भएका शिवतसाक्षी नगरपालिका वडा नं. ११ का किसान अर्जुन मुखियाले बताउनु भयो । झापाको शिवसताक्षीका महिलाले सहकारी मार्फत थालेको मौरी पालन कोशी प्रदेशकै नमूना र बृहत मौरी पालन हो । तर झण्डै साढे ३ सय जना किसानले उत्पादन महले आयातित महका कारण उचित बजार पाउन नसक्दा समस्या हुँदै आएको उनीहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post गौरादहका महिलाहरुले थालेको लघु उद्यमले गाऊँघरमै रोगजारी (फाेटाे फिचर)
Next post मेशिनबाटै चैते धान रोपाईले किसानलाई सहजः शिवसताक्षीका किसानले याे बर्ष तेब्बर चैते धान खेती गर्दै