झापामा चैते धान १० प्रतिशतले बृद्धि

२७ असार २०८१/डिकेश लामा
झापामा कृषि क्षेत्रमा चैतेधान प्रवर्धन कार्यक्रम शुरु गरे पछि खेतीसँगै उत्पादकत्व समेत बृद्धि भएको छ । कृषिमा मेशिनको प्रयोग आएसँगै यो बर्ष अघिल्लो बर्षको तुलनामा १० प्रतिशतले धान उत्पादन बृद्धि भएको छ ।

अघिल्लो साल चैते धानको मुल्य राम्रो आएकाले झापामा यो बर्ष समेत बृद्धि भएको छ । खेती विस्तारसँगै उत्पादकत्व समेत यो बर्ष अघिल्लो बर्षको तुलनामा शून्य दशमलव ४ प्रतिशतले बढेको प्रधानमन्त्री कृषि आधुनिकीकरण धान सुपरजोन कार्यान्वयन इकाइ झापाका वरिष्ठ कृषि अधिकृत रविन्द्र सुवेदीले बताउनु भयो ।

यस्तै यस बर्ष पनि चैते धानको मुल्य शुरुको अवस्थामा १ हजार २ सय प्रति मन अर्थात राज्यले तोकेको समर्थन मुल्य भन्दा महँगो मुल्यमा विक्री भयो । तर बीचमा बर्षातका कारण व्यापरीले धान लिन नमन्दा ७ सय प्रति मनमा विक्री गर्नु पर्ने अवस्था आयो । तर हालै आएर भने पुन चैतेधानको मुल्य बृद्धि भएको गौरीगंज गाउँपालिका वडा नं. ४ का किसान कमल राजवंशीले बताउनु भयो । राजवंशीका अनुसार शुरुको मुल्यमा धान मुल्य नपुगे पनि हालै आएर १ हजार १ सय रुपयाँसम्म विक्री हुन थालेको छ ।

नवितम् प्रयोग धान रोप्ने मेशिन अर्थात राइस ट्रान्सपान्टको प्रयोग आए पछि किसानको चैते धान खेती तर्फ आकार्षण बढेको छ । मेशिनको प्रयोग बढे पछि उत्पादकत्व र क्षेत्र समेत बृद्धि भएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताउनु भयो । विष्टका अनुसार यो बर्ष नवितम् प्रविधिले धान रोपाईं क्षेत्र समेत बृद्धि भएको छ । यो बर्ष समग्रमा क्रप कटिङको तथ्याङ्क विश्लेषण गर्दा १० प्रतिशतले बृद्धि भएको बागवानी विकास अधिकृत अंकित भट्टराईले बताउनु भयो ।

झापा जिल्लामा चैते धान मात्रै पनि बार्षिक झण्डै २० हजार हेक्टर क्षेत्रफलमा १ लाख मेट्रिक टन उत्पादन हुँदै आएको छ । यो बर्ष उत्पादकत्व र क्षेत्रफल बढेकाले १० प्रतिशत धान उत्पादन धेरै भएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post बर्षातको विपत्तीले ८३ जनाको मृत्युः झापामा दर्जनौ घर परिवार समस्यामा
Next post अलैंचीको निर्यात घट्योः मेची भन्सारबाट ७ अर्ब बढी मुल्यका अलैंची निर्यात