उत्पादन घटेसँगै अलैंचीको मुल्य दोब्बरले बृद्धिः प्रति मन १ लाख पुग्यो

११ भदौ २०८१/डिकेश लामा

७ बर्ष अघि अलैंचीको मुल्य प्रति मन एक लाख २० हजारसम्म विक्री पुग्यो । जुन लगातार घट्दै गएर प्रति मन २५ हजार रुपयाँसम्म झर्यो । तर यो बर्ष हालै आएर पुन एक लाख हाराहारी मुल्य पुगे पछि किसान तथा व्यवसायी उत्साहित भएका छन् ।

लामो समय पछि अलैंचीको मुल्य ह्वात्तै बढेको छ । गत बर्ष यो सिजनमा ४५ हजार प्रति मन विक्री भएको अलैंचीको उत्पादनमा गिरावट आएसँगै मुल्य दोब्बरले बढेको हो । विदेशी बजारले मुल्य निर्धारण गर्ने भएकाले निश्चित मुल्य पाउन नसकेको अलैंचीको परिकार उत्पादन गर्दै आएको एभरेष्ट कारडमम इण्डष्ट्रिजका व्यवस्थापक अमरेन्द्रकुमार कर्णले बताउनु भयो । कर्णका अनुसार यो बर्ष ९५ देखि १ लाखसम्म प्रति मन खरिद विक्री भइरहेको छ ।

उत्पादन घटे पछि अलैंचीको निर्यात पनि घटेको छ । आर्थिक बर्ष २०७९/८० मा झण्डै १ करोड केजी अलैंची निर्यात भएकोमा गत बर्ष ५० लाख केजी मात्र निर्यात भएको छ । तर पनि मुल्यको हिसावमा भने झण्डै उस्तै हुन गएको मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कडेलले बताउनु भयो ।

पछिल्लो समय नेपालमा ४५ वटा जिल्लामा अलैंचीको खेती हुन थालेको छ । तर ती सवै क्षेत्रका अलैंची अधिकांश झापाको विर्तामोडमा संकलन हुने गरेको छ । नेपालबाट निर्यात भएको अलैंची भारतले आफ्नो ब्राण्ड बनाएर विश्व बजारमा विक्री गर्दै आएकाले नेपालको अलैंचीको मुल्य तेस्रो मुलुकको बजारमा भर पर्नु परेको नेपाल अलैंची व्यवसायी संघका अध्यक्ष निर्मल भट्टराईले बताउनु भयोे ।

अघिल्लो बर्षको तुलनामा आधा मात्र अलैंची निर्यात भए पनि झण्डै ८ अर्व मुल्यको अलैंची निर्यात भएको छ । विदेशबाट ठूलो रकम भित्रयाउन सक्ने यो खेती र बजारलाई व्यवस्थित गर्न सके अझ आर्थिक समृद्धि हासिल हुने किसानको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post कर छुटले घरेलु उद्योग झापामा तेब्बर नविकरणसँगै राजश्व बृद्धि
Next post साउन महिनामा मात्र ४ अर्ब बढी मुल्यकाे विधुत भारत निर्यात