झापामा ड्राइगन फल उत्पादनमा गिरावट

२० भदौ २०८१/डिकेश लामा

विगत ५ बर्ष देखि व्यवसायिक रुपमा ड्राइगन फल खेती थालेका किसानले यो बर्ष खासै उत्पादन लिन सकेनन् । अधिक गर्मी र हिउँदमा लामो समय पानी नपरे पछि उत्पादनमा गिरावट आएको किसानले बताएका छन् ।

स्वास्थ्यका लागि उपयोगी मानिएको ड्राइगन फ्रुट खेती तर्फ झापामा पछिल्लो समय आकार्षण बढे पनि किसानले भने जस्तो सफलता लिन सकेका छैनन् । यूट्युब हेरेर आफै खेती थालेका किसानले कृषि निकायबाट यस खेती सम्बन्धी प्राविधिक समेत पाउन नसकेको १० विगाह क्षेत्रमा खेती गर्दै आउनु भएका दमक वडा नं. २ का किसान भुपेन्द्र थापाले बताउनु भयो । थापाका अनुसार किसानको अनुभवले गरेको खेतीको उचित प्राविधिक नहुँदा कसरी उत्पादन लिन सकिन्छ भन्ने कुरा अझै परिक्षणमै रहेको छ । अघिल्लो बर्ष राम्रो उत्पादन भएको फल यो बर्ष खासै उत्पादन नभएको उहाँले बताउनु भयो ।

त्यसो त जिल्लामा ड्राइगन खेती विस्तारका लागि अघिल्ला बर्षहरुमा कृषि ज्ञान केन्द्रले अनुदानको कार्याक्रम संचालन गरेको छ । अनुदान पाएर खेतीमा हौसिएका किसानले कसो गर्दा राम्रो उत्पादन हुन्छ भन्ने भेउ पाउन सकेका छैनन् । महँगो र स्वास्थ्यबर्दक मानिएको ड्राइगन फ्रुट खेती झापामा पनि धमाधम विस्तार हुन थालेको छ । ५ बर्ष अघि देखि परिक्षणको रुपमा थालिएको खेतीले रोपेको १ देखि २ बर्षबाटै आम्दानी दिने कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताउनु भयो ।

पछिल्लो समय केही युवाहरुले स्वदेशमै अवसरको खोजी गर्नेक्रममा ड्राइगन फल खेती रोजेका छन् । तर सरकारले यस खेती सम्बन्धी प्राविधिकको व्यवस्था नगरेकाले भने जस्तो उत्पादन हुन नसकेको खेतीमा लागेका यूवाहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post रुख कटानले समुदायमा प्रजनन् गर्ने चरालाई समस्या (फाेटाे / भिडियाे कथा)
Next post प्रादेशिक आयुर्वेदिक अस्पतालमा थप सेवा विस्तार हुँदै