झापामा जोखिममा परेका बाढी पीडितको गुनासाेः नेताले समस्या पर्दा हेरेनन् (फाेटाे फिचर)

१५ असोज २०८१/डिकेश लामा

डुवान तथा कटान क्षेत्रका बाढी पीडितहरु समस्यामा रात काट्ने गरेका छन् । उचित बासको व्यवस्था नहुँदा कतिपय सडकमै रात विताउने गरेका छन् । कन्काई नदिमा आएको बाढी बस्ती तर्फ पसे पछि त्यस क्षेत्रका मानिसहरु रातभर सुत्न पाएका छैनन् । कतिखेर ठूलो बाढी पस्छ र बगाउँछ भन्ने त्रासले रातभर खुल्ला आकाश मुनि रात काट्ने गरेको गौरीगंज गाउँपालिका वडा नं. १ का बाढी पीडितहरुले गुनासो पोखेका छन् । स्थानीय बासिन्दा इश्वर माझीका अनुसार उहाँको बस्तीमा रहेका २५ घर परिवार रातभर सडकको वासमा बस्न बाध्य भएका छन् । नेताहरुले समयमा ध्यान नदिँदा आज आएर विजोक भोग्नु परेको उहाँको गुनासो छ । पटक पटक बाँध निर्माणमा कुरा राख्दा समेत वेवास्ता गरेकाले दक्षिणी झापाका २ घर बढी उच्च जोखिममा परेको उहाँले बताउनु भयो ।

हुलाकी सडक उत्तर तर्फको बाँध फुटे पछि बाढीको एक भाग धान खेती हुँदै बस्ती तर्फ पसेको छ । बाढीको भङगालो बस्ती तर्फ पसे पछि झोडा बस्तीका सयौं घर परिवार अर्को गाऊँसँग सम्पर्कमा आउन सकेका छैनन् । वरिपरी बाढीले घेरे पछि बाहिर जान सक्ने अवस्था बन्द भएको छ ।

धनगाढामा २ दर्जन बढी घर परिवार पूर्णरुपमा डुवानमा परेकाले विस्थापित भएका छन् । यस्तै दक्षिण पटिका सिंगो बस्ती उच्च जोखिममा परेको सो क्षेत्रका रेडक्रसकर्मी सिपी भट्टराईले बताउनु भयो ।

भट्राईका अनुसार सरकारले उच्च जोखिममा परेकालाई तत्काल उद्दार नगरे मानवीय क्षति समेत हुन सक्ने बताउनु भएको छ । बाढी पसे यता २ दिन खासै पानी नपरे पनि पुनः बुधबार देखि बर्षा हुने भएकाले वेलैमा जोखिम क्षेत्रका मानिसहरुको उदार गर्नु पर्ने उहाँले बताउनु भयो ।

झापाको गौरीगंज १ स्थित होकलबारीको उत्तर पटिको बस्तीबाट पसेको कन्काइको भंगालोले पाक्न लागेको धानबाली ठूलो परिमाणमा क्षति गरेको छ । सयौं विगाह खानखेत बगरमा परिणत भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापामा एकै दिन २ वटा लाश फेला
Next post २ दिन बर्षा हुने तर आतिनु पर्दैनः महाशाखा