नेपालमा आज ७० जना निकाे, १५६ संक्रमित, ४ जनाकाे मृत्यु

१३ चैत्र २०७७, काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप ७० जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ७२ हजार ३ सय ४२ रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा १ सय ५६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ४ हजार ४ सय १६ पीसीआर परीक्षणमा शुक्रबार थप १ सय ५६ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ६ सय ६५ पुगेको मन्त्रालयले जनाएकाे छ ।

हालसम्म देशभर २२ लाख ५६ हजार ३०० नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ५२ जना रहेका छन् भने आइसोलेसनमा रहनेको संख्या १ हजार २९९ रहेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २४ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ८५ डिस्चार्ज हुँदा १२० संक्रमित थपिए
Next post एक नम्बर प्रदेश सरकार पुर्नगठनः २ राज्यमन्त्री सहित ६ जना मन्त्री थपिए