ड्राइगन फल खेतीले आम्दानीसँगै रोजगारी (फाेटाे फिचर)

२६ कार्तिक २०८१/डिकेश लामा

व्यवसायिक रुपमा बृहत क्षेत्रमा ड्राइगन फलको खेती थालिएसँगै आम्दानीसँगै रोजगारी समेत सृजना भएको छ । झापाको गौरीगंज गाउँपालिका वडा नं. २ मा झण्डै १० विगाह क्षेत्रफलमा थालिएको खेतीमा दैनिक दर्जन बढी मानिसले काम गर्ने अवसर पाएका छन् । झापा जिल्लामै बृहतरुपमा थालिएको ड्राइगन फलको खेतीले राम्रो आम्दानीसँगै रोजगारी समेत दिलाएको छ । अन्नबाली भन्दा धेरै मुनाफा गर्न सकिने खेतीमा यतिखेर सरसफाई देखि फल टिप्ने समेत काम हुँदै आएको छ ।

फल्न थाले पछि ६ महिनासम्म उत्पादन हुने सिउँडी प्रजातिको फल खेती सिमेन्टको पोलमा टायरको प्रयोग गरी रोपिने चलन बढेको छ । यस बर्ष उत्पादनको तयारीमा रहेको खेतीमा दैनिक ३० देखि ४० जनासम्मले रोजगार पाएको खेतीका व्यवस्थापक रोमाकान्त दाहालले बताउनु भयो । दाहालका अनुसार दिनमा सिजनमा ४५ देखि ५० जनासम्मले रोजगारी पाउने गरेको बताउनु भयो ।

४ बर्ष अघिसम्म जिल्लामा परिक्षणकै रुपमा रहेको खेती हालै आएर व्यवसायिक रुपमा गर्न थालिएको छ । बार्षिक १ करोड बढी मुल्यको फल विक्री हँुदै आएको सुमेरु कृषि फार्मले आम्दानीसँगै स्थानीय स्तरमा रोजगारी समेत सृजना भएको फार्मका संचालक भुपेन्द्र थापाले बताउनु भयो । थापाका अनुसार यो बर्ष १ करोड ३० लाख हाराहारीमा मुनाफा हुने लक्ष्य राखिएकोमा वेमौषमी बर्षा र खडेरीले गर्दा केही कम हुने बताउनु भयो ।

खासगरी कोरोना कहर पछि युवाहरुले स्वदेशमै अवसरको खोजी गर्नेक्रममा ड्राइगन फलको खेती गर्न थालेका हुन् । स्वास्थ्यबर्दक मानिएको ड्रागन खेतीले अर्को मुलुकबाट आयात हुने फललाई समेत धेरै प्रतिस्थापन गरेको किसानको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post कोसी प्रदेशका पूर्व मन्त्री अधिकारी नक्कली जापान काण्डमा पक्राउ
Next post झापामा संचालित नेपाली हाते कागज उद्योगहरु धमाधम बन्द हुँदै (फाेटाे फिचर)