नयाँ संक्रमित भन्दा निकाे हुने धेरै

संक्रिमत २२२५ निकाे हुने २८४६

८ कार्तिक २०७७,काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २ सय २५ जना संक्रमित भएका छन् । याे संख्या केही दिन यता झण्डै एक हजार भन्दा कमी हाे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा १३ हजार ८ सय ४६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार २ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । तर संक्रमितकाे संख्या परिक्षणकाे संख्या समेत घटेर कमी अाएकाे स्वास्थ्यकर्मीले बताएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ८ सय ४६ जना डिस्चार्ज भएका छन् । संक्रमितमध्ये ६८.८ प्रतिशत निको भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ४ हजार ३ सय ३४ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post पूर्व प्रधानमन्त्री भट्टराइ दम्पतीलाइ काेराेना
Next post दशैंकाे अवसरमा जोखिममा रहेका बालबालिकालाई सहयोग