
परिक्षण गर्नेकाे संख्या घटेसँगै संक्रमित पनि घटे तर निकाे हुने भने बढ्दै
एक लाख साढे १८ हजार निकाे 
११ कातिर्क २०७७ काठमाडौं–पछिल्लाे समय नेपालमा काेराेना परिक्षणकाे संख्या घटेसँगै संक्रमितहरूकाे संख्यामा पनि घटेकाे छ । दैनिक करिब १५ हजारले पीसीआर गराउँदै आएकोमा पछिल्लो २४ घण्टामा २ हजार ७ सय २५ को मात्रै परीक्षण भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७ सय २५ जनाको पीसीआर परीक्षण गर्दा ५ सय ७० जनामा संक्रमण पुष्टि भएको छ। तर पछिल्लो ४ दिन यता निकाे हुनेकाे संख्या भने बढिरहेकाे । पछिल्लाे २४ घण्टामा ३ हजार १ सय ६८ जना निको भएका छन् । नेपालमा निको हुने दर ७४ दशमलव १ प्रतिशत रहेको छ ।
नेपालमा हालसम्म १ लाख ६० हजार ४ सय संक्रमण भएका छने भने हालसम्म १ लाख १८ हजार ६ सय ६१ जना निकाे भएका छन् । हाल ४१ हजार ५ सय ३९ जना सक्रीय संक्रमित रहेकाे स्वास्थ्य मन्त्रालयकाे तथ्याङ्क रहेकाे छ ।
नेपालमा थप १५ जनाको मृत्यु भएसँगै कूल मृत्यु हुने संख्या ८७६ पुगेको मन्त्रालयले जनाएको छ । मृत्यु हुने दर शुन्य दशमलव ५ प्रतिशत रहेको छ ।