खुशीकाे खबर खाेप विस्तारसँगै लगाउन शुरू आज पहिलाे दिन ५ हजारले लगाए खाेप

२० मंसीर २०७७, एजेन्सी– रुसमा आज सुरु भएको खोप अभियान अन्तर्गत ५ हजार जनाले खाेप लगाएका छन् । पहिलो दिन आज राजधानी मस्कोमा ५ हजार जनालाई कोरोनाविरुद्धको खोप लगाइएकाे हाे ।

आज सुरु भएको खोप अभियानको पहिलो चरणमा हजारौं चिकित्सक, शिक्षक र जोखिममा रहेका अन्य पेशाकर्मीहरुले खोप लगाउन नाम दर्ता गराएका छन् ।

रसियाकै गमलेय इन्स्टिच्युटले बनाएको खोपको नाम स्पुतनिक भी नाम राखिएको छ । करीब ४ महिनाअघि गमलेय इन्स्टिच्युटलाई रसिया सरकारले खोप बनाउने अनुमति दिएको थियो । बृहत् खोप अभियानको शुरुमा २० लाख जनालाई खोप लगाउने कार्यक्रम छ । १८ वर्षदेखि ६० वर्ष उमेरका नागरिकलाई खोप लगाइँदैछ ।

खोपको २ मात्रा लगाउनु पर्ने र पहिलो खोपको २१ दिनमा दोस्रो खोप लगाउनु पर्ने रुसी अधिकारीहरुले जनाएका छन् । श्वासप्रश्वासका १ महिना यताका बिरामी, गर्भवती, स्तनपान गराइरहेका महिला र सिकिस्त बिरामीलाई भने स्पुतनिक भी खोप लगाउन नहुने भनिएको छ ।

रसियामै अन्य २ प्रकारका खोप पनि कोरोनाविरुद्ध तयार भैरहेको जनाइएको छ ।

यस्तै कोरोना भाइरस विरुद्ध बेलायतले आगामी हप्ताबाट लगाउने भनिएको फाइजर बायोएनटेकले निर्माण गरेको खोपको पहिलो लट हिजाे शुक्रबार बेलायत पुगेको छ । सो खोप कहाँ राखिएको छ भन्ने कुरा गोप्य राखिएको छ ।

खोपलाई बेलायतभरका अस्पताल तथा खोप केन्द्रहरुमा वितरण गरिने जनाइएको छ । बेलायतले ४ करोड डोज खोप खरिद गरिसकेको छ । जुन बेलायतका दुई करोड जनसंख्याका लागि पर्याप्त हुने देखिन्छ । बेलायतका उप प्रमुख मेडिकल अधिकृतले पहिलो चरणको खोपले अस्पताल भर्ना हुने संक्रमित र मृत्यु हुने दर ९९ प्रतिशतले कमी आउने बताउनु भएको छ । खोपलाई जतिसक्दो छिटो वितरण गरी वृहत् रुपमा खोप कार्यक्रम संचालन गर्ने बेलायत सरकारको तयारी छ ।

पहिलो चरणमा पुगेको खोप स्वास्थ्यकर्मी, अस्पताल भर्ना भएका संक्रमित, ८० वर्ष नाघेका सबै वृद्धवृद्धा र उनीहरुको स्याहर सुसार गर्नेलाई पहिलो प्राथमिकतामा परेका छन् ।

कोरोना विरुद्धको खोप लगाउन नागरिकलाई दबाब नदिइनेः जो बाइडन

तर यता अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडनले कोरोना भाइरस विरुद्धको खोप उपलब्ध भएपछि नागरिकहरुलाई खोप लगाउन दबाब नदिइने बताउनु भएको छ ।

अमेरिकास्थित रोग नियन्त्रण केन्द्रले पहिलोपटक सर्वसाधारणलाई घरबाट बाहिर निस्कँदा र अन्य व्यक्तिको घरमा जाँदा अनिवार्य मास्कको प्रयोग गर्न आग्रह गरे लगत्तै बाइडनको यस्तो भनाई आएको हो ।

रोग नियन्त्रण केन्द्रले पछिल्लो समय अमेरिकामा उच्च तहको संक्रमण भएको जनाएको छ । शुक्रबार मात्रै कोरोना संक्रमणका कारण २ हजार ८ सय जनाभन्दा बढीको मृत्यु भएको छ । यो सँगै अमेरिकामा कुल संक्रमितको संख्या १ करोड ४० लाख नाघेको छ ।

यसैगरी हालसम्म अमेरिकामा २ लाख ७५ हजारभन्दा बढीले संक्रमणकै कारण ज्यान गुमाइसकेका छन् । कोरोना विरुद्ध खोप निर्माण गरेका फाइजर र मोर्डना नामक दुई कम्पनीले अमेरिकाको खाद्य तथा औषधि व्यवस्थामा विभागमा खोप वितरणका लागि आवेदन दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post खुशीकाे खबर नेपालमा निको हुने दैनिक बढ्दै ९२ प्रतिशत डिस्चार्ज
Next post नेपाल संक्रमण भन्दा निकाे हुने बढ्दै, संक्रमण दर समेत घट्दै