नागरिकता पीडितहरू सर्वाेच्चकाे आदेशले निराशः जन्मकाे आधारका नागरिककाे १० औँ लाख छाेराछाेरीहरू पीडित

जन्मकाे आधारमा बुवाकाे नागरिकता भएकै काराण छाेरीले नपाएकाे गुनासाे पाेख्दै गाैरादहका नागरिकता पीडित परिवार

२१ जेष्ठ २०८०, काठमाडौँ- जन्मकाे आधारमा नागरिकता भएकै काराण छाेराछाेरीले नागरिकता बनाउन नपाउँदा समस्यामा परेकाहरू सर्वाेच्च अदालतकाे अन्तरिम आदेशले निराश बनेका छन् । हालैमात्र राष्ट्रपतिले गरेको प्रमाणीकरणलाई कार्यान्वयन नगर्न आदेश गरे पछि नागरिकता पाउने आशामा बसेका १० औँ लाख नेपाली नागरिकहरू चिन्तित बनेका छन् ।

न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासले आज उक्त ऐन तत्काल लागि कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको हो । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले तत्काल राष्ट्रपतिले गरेको प्रमाणीकरणलाई कार्यान्वयन नगर्न आदेश गरेको छ । अदालतले दुवै पक्षसँग छलफल गरी बोलाएर आदेश गर्ने बताइएकाे छ ।

नागरिकताबाट बञ्चित दमकका उराउ यूवाहरू जसकाे बुवा आमाकाे जन्मकाे आधारमा नागरिकता भएकै काराण उनीहरूकाे नागरिकता राेकिएकाे छ ।

बुवा आमा मध्ये एकजनाकाे नागरिकता जन्मकाे आधारमा हुँदा बालबच्चाले नागरिकता नपाउँने समस्या रहेकाे छ । याे समस्या खासगरी भारतबाट विवाह गरेर ल्याइएका परिवारमा धेरै छ । यस बाहेक लामाे समय देखि नेपालमै बसाेबास गर्दे आदिबासी समूदायमा पनि याे समस्या रहेकाे छ । सारासन्देशका पत्रकारले नागरिकता सम्बन्धी गरेकाे रिपाेर्टिङ अनुसार दक्षिणी झापामा मात्र १० औँ हजार आदिबासी समूदायकाहरू नागरिकता बिहीन हुनु परेकाे छ । दमककाे हिमालय चिया बगान क्षेत्रमा २०१८ लाखमा भारतबाट ल्याएर काम लगाएका उराव समूदायमा पनि नागरिकताकाे समस्या लामाे समय देखि रहँदै आएकाे छ । नागरिकता वितरण गर्न आएका घुम्ती टाेलीले जन्मकाे आधारमा नागरिकता दिँए पछि जन्मिएका बालबच्चाहरू नागरिकता नभएकै कारण शिक्षा, स्वास्थ्य र राेजगारीबाट बन्चित हुनु परेकाे उराउ बस्तीका अगुवा टाेम उवाउले बताउनु भयाे ।

देशमा खासगरी सिमान्तकृत समूदायमा र पछिल्लाे समय वैबाहिक सम्बन्धबाट जन्मिएका बालबच्चामा नागरिकताका कारण जटिल समस्या भाेग्नु परेकाे पीडितहरूकाे गुनासाे रहेकाे छ ।

नागरिकता यस अघिकाे देउवा सरकारले सदनबाट पारित गरेर राष्ट्रपतिकाेमा पठाइएकाे थियाे । तर तत्कालीन राष्ट्रपति विधादेवी भण्डारीले राेक्नु भएकाे थियाे । हालै मात्र नागरिकता सम्बन्धी ऐन राष्ट्रपति रामचन्द्र पाैडेलले पारित गर्नु भएकाेमा पीडितहरू खुशी भइरहेकाे वेला सर्वाेच्च अदालतकाे अन्तरिम आदेश निराशा बनाएकाे पीडितहरूले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post सुनकोशी जीप दुर्घटनामा वेपता अझै फेला परेनन् : नदीको बहाव अन्यत्र मोडेर खाेजिने
Next post झापामा बर्षेनी विस्तार हुँदै सुपारी खेतीः मुल्य बढे पछि किसान थप उत्साहित