दुर्घटना न्यूनिकरणका लागि जनचेतना जागृति गर्नु पर्छः मुख्य मन्त्री कार्की

१९ असार २०८०, मोरङ्ग – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बढ्दो सवारी दुर्घटा न्युनीकरण गर्न जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनु भएको छ । मङ्लबार देखि कोशी प्रदेशमा सुरु भएको ट्राफिक सप्ताह २०८० को समुद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले सवारी दुघर्टना जनचेतनाको अभावमा धेरै हुने गरेको बताउनु भएको हो ।
उहाँले वर्षेनी हुने सडक दुर्घटनाका कारण मुलुकले ठूलो मानवीय र भौतिक क्षति व्यहोर्नु परेको दृष्टान्त प्रस्तुत गर्नुभयो । यातायाता व्यवसायि, सवारी चालक,ट्राफिक प्रहरी,नेपाल प्रहरी लगायतका सरोकारवाला क्षेत्रहरु बीच आपसी सहकार्य गरी काम गर्न सकेमा दुर्घटना कारण वर्षेनी हुने मानवीय र भौतिक क्षति रोक्न सकिने उहाँले बताउनु भयाे ।


उहाँले सडक दुर्घटना न्यूनीकरण गर्न आवश्यक पर्ने सबै खालको व्यवस्थापकीय कार्यका लागि सहकार्य गर्न प्रदेश सरकार तयार रहेको पनि प्रस्ट पार्नुभयो ।
सङ्घीय कानूनको अभावमा प्रदेश सरकार आफैले गर्नुपर्ने कतिपय कार्यहरु पनि गर्न नसकेको जानकारी गराउँदै तर त्यस्ता कार्यहरु सहकार्य मार्फत हुँदै आएको बताउनुभयो । अघिल्लो वर्षहरुको तुलनामा चालू वर्षमा कोशी प्रदेशमा सडक दुर्घटनाको सख्यामा कमी आएको दृष्टान्त प्रस्तुत गर्दै आगमी वर्षहरुमा थप सुधार हुने गरी काम गरेर सुन्यमा झार्नुपर्ने कार्कीले बताउनुभयो ।


मुख्यमन्त्री कार्की मङ्गलबार नै आर आर एन नामक एक गैर सरकारी सस्थाबाट सञ्चालित जलबायुजन्य विपद् जोखिमहरु प्रति समुदायको उत्थानसिल सुदृढीकरण परियोजनाको उद्घाटन गर्दै कोशी प्रदेशमा ३८ भन्दा बढी किसिमका प्रकोपहरुको जोखिम रहेको अवगत गराउनुभयो ।
जलबायुजन्य विपद् अन्तर्ग बाढी र पहिरोको जोखिम बढी रहेको बताउँदै पछिल्लो अवस्थामा जङ्गली जनवारहरुको आक्रमणको बढेकाले सरोकारवाला निकाय राहतका लागि चुस्त दुरुस्त रहनु पर्नेमा उहाँले जोड दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post घरमै लागु औषध कारोवार गर्ने दुई युवती पक्राऊ
Next post भारत नवौँपटक साफ च्याम्पियन