खुशीकाे खबर अब ३ हप्ता पछि अमेरिकीहरूमा काेराेना विरूध्द खाेप लगाउन शुरू गरिने

अन्य खाेपकाे परिक्षण समेत अन्तिम तयारी

८ मंसीर २०७७, एजेन्सी–कोरोना भाइरस विरुद्ध बनेको खोप आगामी डिसेम्बर ११ अघि नै अमेरिकीहरुले लगाउन शुरु गर्ने अमेरिकी कोरोना भाइरस खोप कार्यक्रमका प्रमुखले बताउनु भएको छ ।

कोरोना खोप कार्यक्रम प्रमुख डा. मोनसेफ स्लावीले खोप प्रमाणीकरण हुने वित्तिकै २४ सै घन्टा खोप कार्यक्रम संचालन गरिने बताउनु भयो ।

अमेरिकामा हालसम्म १ करोड २५ लाख भन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भइसकेको छ । कोरोना संक्रमणकै कारण हालसम्म २ लाख ६० हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

अमेरिका विश्वमै कोरोनाबाट सबैभन्दा प्रभावित मुलुक हो । पछिल्लो समय अमेरिकामा संक्रमणको दर अहिलेसम्मकै उच्च देखिएको छ ।

अमेरिकी औषधि कम्पनी फाइजर र यसको साझेदार बायोएनटेकले कोभिड-१९ खोपको आकस्मिक प्रमाणिकरणका लागि गत शुक्रबार आवेदन दिएका थिए ।

खोपको दुई डोज लगाएमा ९५ प्रतिशतसम्म प्रभावकारी देखिएको पछिल्लो परीक्षणबाट प्रमाणित भएको छ । फाइजरले प्रमाणिकरण भएपछि आगामी डिसेम्बर महिनाको अन्त्यसम्मा ५ करोड डोज खोप उत्पादन गर्ने लक्ष्य राखेको जनाएकाे छ ।

यो खोपको परीक्षणमा ३० हजार अमेरिकी सहभागी भएका थिए । तीमध्ये आधालाई दुई खेप खोप लगाइएको थियो भने बाँकीलाई ‘डम्मी’ खोप लगाइएको थियो ।

सहभागीमध्ये ९५ जनामा कोरोना सङ्क्रमण देखिएपछि पछिल्लो नतिजा निस्किएको कम्पनीले जनाएको छ ।

सहभागीमध्ये पाँच जनालाई वास्तविक खोप र ९० जनालाई डम्मी खोप दिइएको जनाइएको छ । खोपले ९४ दशमलव ५ प्रतिशतसम्म सुरक्षा दिने कम्पनीले जनाएको छ ।

परीक्षणमा सहभागीमध्ये ११ वटा कोभिडसँग सम्बन्धित समस्या देखिएकाे तर खोपको खेप नदिइएकामा केही समस्या देखिएन ।

यसैबीच माेडेर्नाको खोप भण्डारण फाइजर कम्पनीभन्दा सहज हुने बताइएको छ । फाइजरको खोप माइनस ७० डिग्री सेल्सियसमा भण्डारण गर्नुपर्ने भए पनि यसलाई माइनस २० डिग्री सेल्सियस तापक्रममा ६ महिनासम्म स्थिर रुपमा भण्डारण गर्न र एक महिनासम्म फ्रिजमा राख्न सकिन्छ । यस बाहेक वेलायत, चीन र रूसले निर्माण गरेका अन्य खाेपकाे समेत परिक्षणकाे अन्तिम तयारीमा रहेकाे अन्तराष्ट्रिय समाचार एजेन्सीले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post सरकारविरुद्ध भ्रमपूर्ण प्रचारको पछि नलाग्न प्रधानमन्त्री ओलीको आग्रह
Next post २७९१ निकाे १७९० संक्रमित, थप २४ जनाको मृत्यु