२५ वर्षभन्दा बढी उमेर अन्तर भएकी ज्याङ्मु शेर्पासँग विवाह गर्दै मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूभन्दा २५ वर्षभन्दा बढी उमेर अन्तर भएकी ज्याङ्मु एन शेर्पासँग विहे गर्न लागेका छन्।

५० वर्षिय राईले आगामी माघ ११ गते २३ वर्षिय शेर्पासँग विवाह गर्न लागेका हुन्।

सन् २०१८ की ‘मिस मंगोल नेपाल’ समेत रहेकी शेर्पा तत्कालिन समयमा मिस मंगोल नेपालमा सहभागी हुन आउँदा १९ वर्ष हाराहारीकी थिइन्। ‘मिस मंगोल नेपाल, मिस ई-कलेज प्रतियोगितामा भाग लिन आउँदा ज्याङ्मु शेर्पा करिब १९ वर्षकी थिइन्’, आयोजक सिजन मिडियाका प्रमुख प्रदीपराज वन्तले भने, ‘अहिले त्यहीँ २२-२३ वर्षभन्दा बढी भएकी छैनन्।’

मुख्यमन्त्री राईको विवाहबारे उनको सचिवालयले पुष्टि गर्दै विवाहको मिति सार्वजनिक गरेको हो।

उमेरमा निकै ठूलो अन्तर रहेको ज्याङ्मु र मुख्यमन्त्री राईको प्रेम विवाह हुने स्रोतले सेतोपाटीलाई जानकारी दियो।

मुख्यमन्त्री राईको पुर्खौली घर भोजपुर हो भने जाङ्मु संखुवासभाकी हुन्। उनी हाल काठमाडौंमा हजुरआमासँग बस्दै आएकी छन्। उनका बाबु–आमा भने अमेरिकामा छन्।

प्रारम्भीक शिक्षा काठमाडौंको अल्पाइन् भ्याली स्कुलबाट पुरा गरेकी उनले हिमालयन इन्टर मोडलबाट उच्च शिक्षा लिएकी हुन्।

राई र शेर्पाबीच काठमाडौंमा नेकपाका सीमित नेताहरू, निकट मित्र र पारिवारिक सदस्यबीच बिहे हुने भएको छ।

१३ वर्षको उमेरमा ‘मिस किड क्विन नेपाल’ मा भाग लिएकी उनले त्यसलगत्तै उनले विभिन्न ब्युटी प्याजेन्टमा सहभागी हुँदै मिस मंगोल नेपालको उपाधि जितेकी थिइन्।

मिस ई कलेज, मिस एसएलसी हुँदै ‘मिस मंगोल नेपाल–२०१८’ को उपाधि जितेसँगै चर्चामा आएकी ज्याङ्मुले विभिन्न म्यूजिक भिडिओमा अभिनयसमेत गरेकी छन्।

भोजपुरको दक्षिणी क्षेत्रमा पर्ने आमचोक गाउँपालिका-३ मा वुवा जागीरमान राई र आमा राम्रीमाया राईको कोखबाट २०२७ साल फागुन ११ गते शेरधन राईको जन्म भएको थियो।

२०४४ सालदेखि संगठित रुपमा अनेरास्ववियुको राजनीतिमा सक्रिय भएका राई अखिलको जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य हुँदै पूर्वाञ्चलको संयोजक बने।

२०५४ सालमा एमाले विभाजन पछि जिल्लामा पार्टीको नेतृत्व सम्हाल्नेका उनी जिल्लामा एमालेको शक्तिशाली नेता बने। २०५६ सालको संसदीय निर्वाचनमा राई कान्छो उम्मेदवारको रुपमा सांसद बने।

२०६४ सालको संविधानसभाको पहिलो निर्वाचनमा पराजित राई दोस्रो संविधानसभा विजयी राईले संसदको सुशासन तथा अनुगमन समितिको सभापति भएर काम गरे ।

दोस्रो संविधानसभा सदस्य भएकै बेला राई पहिलो पटक सूचना तथा सञ्चार मन्त्री भए।

मुलुककै कान्छो सांसद बनेर राजनीतिमा छलाङ मारेका राईले २०७४ सालसम्म आइपुग्दा संघीय मुलुकको प्रदेश १ को पहिलो मुख्यमन्त्री बनेका थिए।

२०७५ साल चैत २५ गते बिराटनगरमा आयोजित एक सार्वजनिक कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री राईले प्रदेशको राजधानी र नाम जुराएपछि मात्रै बिहे गर्ने वाचा गरेका थिए। राईले भने अनुसार प्रदेश राजधानी विराटनगर कायम भएको छ तर प्रदेशको नाम अझै जुर्न सकेको छैन।

समाचार सेतापाटी अनलाइनबाट साभार गरिएकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा थप ४७७ जना डिस्चार्ज
Next post प्रदेश एकमा ४ जना संक्रमित थपिदा देशभर ४ सय जना डिस्चार्ज