राष्ट्रिय पुरुष भलिवल प्रतियोगिताकाे गण्डकी र सुदुर पश्चिम तथा काेशी र लुम्बिनीकाे खेल भाेलि हुने

१५ बैशाख २०८०/विरेन्द्र सुब्बा

झापाको दमकमा जारी प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिवल प्रतियोगिताको आज भएको खेलमा गण्डकी प्रदेश विजयी बनेको छ । दमक नगरपालिकाको वडा नं. २ को हिमाविको खेल मैदानमा विहान र वेलुका भएको खेलमा मधेस प्रदेश र लुम्बिनीलाई हराउँदै गण्डकी सेमिफाइनलमा प्रवेश गरेको हो । गण्डकीले सुदुर पश्चिमसँग सेमिफाइनलको खेल खेल्नेछ । यस्तै खेलमा पराजित भएको लुम्विनी प्रदेशले भने आयोजक कोशी प्रदेशसँग सेमिफाइनलको खेल भोलि खेल्ने छ ।

लिग र नकआउट चरणबाट आयोजना गरिएको प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः नगद ३ र २ लाख रुपयाँ प्राप्त गर्नेछन् । यस बाहेक प्रमाणपत्र, ट्रफी, मेडल र विधागत पुरस्कार समेत प्रदान गरिने आयोजक कोशी प्रदेश खेलकुद विकास बोर्डका संयाेजक थलुराज भण्डारीले बताउनु भयो ।

गर्मीका कारण भोलि विहान सेमि र साँझपख फाइनल खेल हुने आयोजकले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापामा प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिवल प्रतियोगिता शुरु (फाेटाे फिचर)
Next post चट्याङ लागेर एकै पटक २८ वटा बाख्रा मरे