स्वदेश फिर्तीकाे पहल गर्न प्रधानमन्त्री दाहाललाई भूटानी शरणार्थीकाे ज्ञापनपत्र

१० बैशाख २०८०, झापा–  भूटानी शरणार्थीहरुले सम्मानजनक स्वदेश फिर्तीका लागि पहल गरिदिन भन्दै  प्रधानमन्त्री पुष्पकमल दाहाललाई पत्र पठाएका छन् ।
भूटान स्वतन्त्र जनमञ्चले आज पठाएको स्मरणपत्रमा बिगत ३० बर्षदेखि रहेको शरणार्थी समस्याका बिषयमा नेपाल भूटानबीच १५ औं चरणसम्म वार्ता भइसकेको स्मरण गराउँदै सार्थक र परिणाममुखी वार्ताका लागि पहल गर्न नेपाल सरकारको ध्यानाकर्षण गराइएको छ ।
प्रधानमन्त्री दाहाल भारत सरकारको निमन्त्रणामा भारत भ्रमणमा जाने सम्भावना बढिरहेको बेला जनमञ्चले प्रधानमन्त्री दाहाललाइ शरणार्थीकाे दिर्घकालीन समस्या समाधानमा ध्यान दिन पत्र पठाइएकाे उल्लेख्य गरिएकाे छ ।
जनमञ्चका महासचिव धनबीर सुब्बाद्धारा हस्ताक्षरित पत्रमा भूटानी शरणार्थी समस्या समाधानका विकल्पहरु मध्ये स्वदेश फिर्तीलाई वेवास्ता गरी तेस्रो देश पुनर्वासलाई मात्र प्राथमिकता दिइएका कारण शिविरमा घर फर्कने आशामा बसेका भूटानीहरू मारमा परेकाे बताइएकाे छ । पत्रमा स्वदेश फिर्ती नभएकै कारण अमेरिका, अष्टेलिया, क्यानडा लगायतका ८ वटा मुलुकमा १ लाख १३ हजार ५ सय शरणार्थी पुनर्वासमा गएका पनि उल्लेख छ । झापा र मोरङका शिविरमा लगभग ६ हजार ५ सय भुटानी शरणार्थीहरु अहिले विभिन्न समस्याहरुसँग जुध्दै कष्टकर जीवन बिताइरहेको पनि पत्रमा जनाइएको छ । मञ्चले अझै पनि धेरै भूटानी शरणार्थीहरू स्वदेश पफर्कन इच्छाले नै शिविरमा कष्टकर जिवन विताइरहेकाे उनीहरूले बताएका छन् । शरणार्थीकाे दिर्घकालिन समस्या समाधान भनेकाे स–सम्मान स्वदेश फिर्ती नै भएकाले यसकाे सुनिश्चित गर्न आग्रह गरिएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post खेलकुद पत्रकार मञ्चमा मुखिया चयन
Next post पाँचथरमा पिकअप दुर्घटनामा १ जनाको मृत्युः ५ जना घाइते