पाँचथरमा पिकअप दुर्घटनामा १ जनाको मृत्युः ५ जना घाइते

१० बैशाख २०८०, झापा–  पिकअप भ्यान दुर्घटनामा परेर पाँचथरको फिदिम नगरपालिका–१० नागिनमा आज विहान एकजनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन् । याङनाम फालौट सडकखण्ड अन्तर्गत नागिन खण्डमा फिकअप भ्यान दुर्घटनामा परेर फालेलुङ–८ का ३० वर्षीय साजन केरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

प्रहरीका अनुसार फालेलुङ–८ लुवाफुदेखि फिदिम जाँदै गरेको मे १ ज २९५८ नम्बरको पिकअप आज बिहान ८ बजे दुर्घटना हुदाँ फालेलुङ–८ का वडा सदस्य समेत रहेका चालक छवि अधिकारी, हिलिहाङ–७ का धनकुमार रसाइली, याङबरक–५ की निर्मला केरुङ, फालेलुङ–८ कै पूणर्बहादुर जबेगु र ठेगाना नखुलेका करिब २५ वर्षीय अच्युत केरुङ रहेका छन् ।

घाइते ५ मध्ये ३ जनाको अवस्था गम्भीर रहेकाले पाँचथर अस्पतालबाट थप उपचारका लागि झापातर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post स्वदेश फिर्तीकाे पहल गर्न प्रधानमन्त्री दाहाललाई भूटानी शरणार्थीकाे ज्ञापनपत्र
Next post उपनिर्वाचन परिणामः २ स्थानमा रास्वपा अगाडी, बारामा जसपा र जनमतकाे प्रतिष्पर्धा