बारामा कसले मार्ला बाजीः यादबले कि कुशवाहाले?

१२ वैशाख २०८०,बारा-बारा क्षेत्र नं २ प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना जारी रहँदा कसले बाजी मार्ला भन्ने विषयमा अझै भन्न सकिने अवस्था रहेकाे छैन ।  मंगलबार साढे ५ बजेसम्म  फराकिलो मतान्तरबाट अगाडि बढेका जसपाका उपेन्द्र यादवलाइ साँझ ७ बजे तिर जनमत पार्टीका शिवचन्द्र कुशवाहाले मतान्तर घटाउँदै लानु भएकाे छ । मतान्तर घटेसँगै यादबले जित्लान् भन्ने अड्कल काँट्ने मतदातामा समेत अन्याेलता छाउन थालेकाे छ । तथापि यादवकै पक्षमा मत परिणाम पर्ने अवस्था रहेकाे साे क्षेत्रका जानकार मतदाताकाे भनाइ छ ।  तर यता जनमत पार्टीका अगुवा कार्यकताकाे भने कुशवाहाकाे विजय हुने दावी गरेका छन् । यसकाे परिणाम विहानसम्म टुङ्गाे लाग्ने देखिएकाे छ ।

मंगलबार दिउँसो ५ हजार २ सय ३ मतले अग्रता लिएका जनता समाजवादीका उपेन्द्र यादवले ६ बजेर ४७ मिनेटसम्ममा २ हजार ६ सय ६५ मतले मात्रै अगाडि देखिएका छन् । कुशवाहाले २ हजार ५ सय ३८ मतान्तर घटाएका हुन् । कुसवाहाले आफ्नो प्रभाव क्षेत्र मानिएको महागढीमाई नगरपालिका र देवताल गाउँपालिकाबाट मतान्तर घटाएका हुन् ।

मंगलबार साँझ ६ बजेर ४७ मिनेटको मत परिणामअनुसार जसपाका अध्यक्षसमेत रहेका यादवले २० हजार ४६३, जनमतका कुशवाहाले १७ हजार ७९८ मत ल्याएका छन् । एमालेका पुरूषोत्तम पौडेलले ६ हजार १२१, रास्वपाका रमेश खरेलले २ हजार ४६६ र आम जनता पार्टीका अरूण ज्ञवालीले २ हजार १७७ मत प्राप्त गरेका छन् । क्षेत्रभर कुल खसेको मत ६९ हजार १०७ मतमा ५० हजार १६१ मत गणना भइसकेको छ

मतगणना भइरहेको जिल्ला सदरमुकाम कलैयास्थित शैक्षिक तालिम केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारा क्षेत्र नं २ मा जसपाबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति पदमा निर्वाचित भएपछि सो क्षेत्रमा आइतबार उपनिर्वाचन भएको हो । कुल एक लाख पाँच हजार दुई सय ४८ मतदाता रहेको बारा–२ मा ६५ प्रतिशत अर्थात् ६८ हजार आठ सय ८७ मतदान भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post महोत्तरीमा प्रहरी र प्रदर्शनकारी बिच झडपमा ९ जना घाइते
Next post ओलीलाई कालाे झण्डा देखाउँदा भएकाे झडपमा दुई जना पक्राउः २ जना प्रहरी घाइते