महोत्तरीमा प्रहरी र प्रदर्शनकारी बिच झडपमा ९ जना घाइते

११ वैशाख २०८०,महोत्तरी- महोत्तरीमा आज नौ राउण्ड हवाई फायर हुँदा ९ जना घाइते भएका छन् ।

गौशाला नगरपालिका –४ स्थित मल्हनीया पोखरी गाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा सुरक्षाकर्मीले हवाई गरेकाे छ । प्रदर्शनकारी बाँसको भाटा प्रहार गर्दा सशस्त्र प्रहरीका प्रहरी निरीक्षक शङ्कर थापा र र नेपाल प्रहरीका प्रहरी निरीक्षक मनोज यादव घाइते हुनुभएको छ । झडपमा सशस्त्र प्रहरी ४ र नेपाल प्रहरीका ३ जना र प्रदर्शनकारी २ जना समान्य घाइते भएका छन् ।

प्रत्यक्षदर्शीका अनुसार प्रदर्शनकारीको उग्र भिडले हत्या आरोपी उमेश साहको घरमा तोडफोड र अन्य परिवारिक सदस्यहरुलाई समेत मार्ने अवस्था आएकाले प्रहरीले रोक्न खोज्दा प्रहरीहरु माथि ढुँगा मुढा र बाँसको भाटा प्रहार गर्न लागेपछि प्रहरीले हवाई फायर र श्रु ग्याँस प्रहार गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ ।

गौशाला नगरपालिका –४ मलहनीया पोखरी गाउँकी २५ वर्षीया आरतीदेवीको गत शुक्रबार राति विष सेवनका कारण मृत्यु भएको थियो । तर छिमेकी गाउँलेले भने आरतीलाई श्रीमान् उमेश साह, नन्द आशा तथा घरका सदस्यहरु मिलेर यातना दिएर हत्या गरेको आरोप लगाउँदै आएका छन ।

प्रहरीले आरतीको मृत्यु लगत्तै उमेशलाई पक्राउ गरी नियन्त्रणमा लिएको छ । गाउँलेले भने आरतीको सासू, नन्द र जेठाजुलाई समेत पक्राउ गरी घटना छानबिनको माग राख्दै आएका थिए । सोही घटनालाई लिएर स्थिानीयहरुले गौशाला सडमा टायर बालेर सोमबार विरोध प्रदर्शन सुरु गरे पछि अान्दाेलनले उग्र रूप लिएकाे बताइएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post उपनिर्वाचन परिणामः २ स्थानमा रास्वपा अगाडी, बारामा जसपा र जनमतकाे प्रतिष्पर्धा
Next post बारामा कसले मार्ला बाजीः यादबले कि कुशवाहाले?