गण्डकी प्रदेशले जित्यो प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिवल २०८० काे उपाधी

१६ बैशाख २०८०/विरेन्द्र सुब्बा
झापाको दमकमा जारी प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिवल प्रतियोगिताको उपाधी गण्डकी प्रदेशले प्राप्त गरेको छ । दमक २ स्थित हिमाविको खेल मैदानमा आज साँझ भएको फाइनल खेलमा आयोजक कोशी प्रदेशलाई लगतार ३ सेटको अन्तरमा गण्डकी प्रदेशले विजय प्राप्त गरेको हो । आजै भएको यस अघिको खेलमा कोशीले लुम्बिनी र गण्डकीले सुदुरपश्चिम प्रदेशलाई हराएर फाइनलको यात्रा तय गरेका हुन् ।
लिग र नकआउट चरणबाट आयोजना गरिएको प्रतियोगिताको विजेता गण्डकी र उपविजेता आयोजक कोशी प्रदेशले क्रमशः नगद ३ र २ लाख रुपयाँ सहित प्रमाणपत्र, ट्रफी, मेडल प्राप्त गरेका छन् । खेलमा उत्कृष्ट विधागत खेलाडीलाई १० र २० हजार नगद र ट्रफीले सम्मान समेत गरिएको छ ।
गर्मीका कारण खेल विहान र साँझमा गर्दै आइएको थियो । फाइनल खेल समापन साँझ ८ बजे समापन भएकाे थियाे । कोशी प्रदेशको आयोजनामा भएको प्रथम मुख्यमन्त्री कप राष्ट्रिय भलिवल प्रतियोगिता संघीयता पछि यो पहिलो खेल भएको आयोजक कोशी प्रदेश खेलकुद विकास बोर्डले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post चट्याङ लागेर एकै पटक २८ वटा बाख्रा मरे
Next post व्यवसाय सफल बनाउन गाैरादहका उत्कृष्ट किसानलाई तालिम